+

अमेरिकाले डिपोर्ट गरेका नेपालीहरू काठमाडौँ आइपुगे

२७ जेष्ठ २०८२, सोमबार ०१:१०

काठमाडौँ । अमेरिकाले डिपोर्ट गरेका नेपालीहरू काठमाडौँ आइपुगेका छन्।

डिपोर्ट भएकाहरूलाई अमेरिकाले आइतबार चार्टर्ड विमानमार्फत काठमाडौँ ल्याएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार ३७ जना नेपालीहरू डिपोर्ट भएर आएका छन्। उनीहरूमध्ये ३२ जना पुरुष र ५ जना महिला रहेको छन्।