+

ज्योति लामाको अध्यक्ष्तामा राप्रपाको काठमाण्डौं युवक संगठनको नयाँ नेतृत्व, अध्यक्ष राजेन्द्रले स्थगित भनेको अधिवेशन धवल शम्शेरको कव्जामा

२९ श्रावण २०८२, बुधबार ०८:००

काठमाण्डौं । अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा सुरु राप्रपा युवक संगठन काठमाण्डौंको अधिवेशन संस्थापन पक्ष हार्ने भएपछि अध्यक्षले बिथोलिएको घोषणा गरे पनि ईतर पक्षका सहभागिले नयाँ कार्यसमिति नै घोषणा गरेका छन । अध्यक्षले युवक संगठनमा हस्तक्षेप गरेको भन्दै विरोधमा उत्रेका युवकहरुले ज्योति लामाको अध्यक्षतामा नयाँ समिति बनाएका हुन ।

राप्रपा निकट युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा आफ्नो पक्ष अल्पमतमा परेपछि संस्थापन पक्षले नै अधिवेशनमा हस्तक्षेप गरी स्थगित गराएको छ । राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देनका पक्षधर युवाले नेतृत्वमा आउने संभावना नभएपछि संस्थापन पक्षकै प्रायोजित समुह मार्फत विवाद झिकेर अधिवेशन स्थगित गरिएको हो । विवाद भएपछि हात हालाहाल समेत भएको दृश्य सार्वजनिक भएको छ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौं जिल्ला अधिवेशनमा हात हालाहालको स्थिति आएपछि प्रहरी परिचालन गरिएको छ । राप्रपाको ईतिहासमा यसरी भारी संख्यामा प्रहरी परिचालन गरेर अधिवशेन गरिएको पहिलो घटना हो ।

प्रमुख अतिथिका रुपमा युवक संगठनको जिल्ला अधिवेशन उद्घाटन गर्न पुगेका राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देनले बोल्ने क्रममा मेरा केटा मेरा केटा भन्दै पक्षधरता लिएपछि हुटिंग सुरु भएको थियो । सहभागि प्रतिनिधि युवाहरुले अध्यक्षलाई नै मेरो तेरो नभन भन्दै हुटिंग गरेका थिए ।

युवक संगठनको महाधिवेशनमा संस्थापन पक्षले सुरुदेखि नै ठूलो संख्यामा आफू पक्षिय नेततृत्व निर्वाचित गराउन बाहिरका दस्ता ल्याएर कब्जा जमाउन खोजेको थियो । सुरुमा एकलौटी निर्वाचन समिति राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणा गराएका थिए । पछि सम्वोधनका क्रममा पनि मेरा केटा भन्दै आफ्नो पक्षको बचाउ गर्न खोजेका थिए । केही दिन अघि गृहनगर दमक नगरपालिकाको पार्टी अधिवशेनमा जस्तै काठमाण्डौं युवक संगठनमा पनि आफ्नो समुह हार्ने निश्चित भएपछि विवाद उत्पन्न गराएर राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देन बाहिरिएका थिए ।

केही युवाहरु मञ्चमा उक्लिएर होहल्ला गरेपछि हात हालाहाल सम्म भएका दृश्यहरु बाहिरिएका थिए । त्यसपछि माइकिङ गर्दै औपचारिक कार्यक्रम सुरु नभइसकेकाले धैर्यपूर्वक बस्न आह्वान गरिएको थियो । राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देन र धवलशम्शेर जबरा पक्षबीच विवाद छ । युवा संगठनमा पनि सोही पक्षबीच भएको हो । यस अधिवशेनमा डा. धवल शम्शेर राणा पक्षको जित सुनिश्चित भएपछि अधिवेशन सुनियोजित रुपमा भाडिएको सहभागि प्रतिनिधिहरुले नै जनाएका छन ।

अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीनिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशन स्थगित गरेलगत्तै ईतर समूहले नयाँ कार्यसमिति घोषणा गरेको छ । बुधबार भेलामा लफडा भएपछि अध्यक्ष लिङदेन अधिवेशन स्थगित भएको घोषणा गरेर बाहिरिएका थिए । लगत्तै नाराबाजीमा उत्रिएको ज्योति लामा समूहले नयाँ कार्यसमिति घोषणा गरेको हो । उनी महामन्त्री धवल शम्शेर राणा पक्षीय मानिछन । नयाँ कार्य समिति २८ सदस्यीय रहेको छ ।