काठमाण्डौं । अभियन्ता विजय थापाले दुर्गा प्रसाईलाई पार्टीको नाम दुर्गा दल राख्न सुझाएका छन । उनले कारण खुलाउदै लेखेका छनः
चाहना नै त हो!ग्रहण गर्न योग्य लागेमा।
एउटा भुइँमान्छेको व्यक्तिगत चाहना पार्टीको नाम “दुर्गा दल” रहोस्।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक लाई बचाउने मूल एजेन्डा। नाम छोटो, अर्थपूर्ण छ र दुर्गा प्रसाईंको दृढ, निडर र राष्ट्रिय व्यक्तित्वलाई प्रतिविम्बित गर्छ।
“दुर्गा दल” ले —राष्ट्रप्रेम र नागरिक अधिकारको सुरक्षा,
धर्म र संस्कृतिको संरक्षण,
शोषण र अन्यायविरुद्धको संघर्ष ।
तर, प्रसाईले आफ्नो नयाँ दलको नाम भने फाईनल गरिसकेका छैन्न । संभवतः यही नाममा नयाँ पार्टीको व्रण्डिंग गर्ने संभावना पनि उत्तिकै छ । राप्रपा अध्यक्ष राजेन्द्र लिंग्देनलाई भारतीय गाडी तस्करको आरोप लगाएर चुप बनाएका प्रसाईले राजावादी र राप्रपावालालाई चुनौति दिदै आफैं नेतृत्वमा नयाँ दल बनाउने घोषणा यसै साता गरेका थिए ।


