ऋनपेक्षित शोकको यो दुखद घडीमा हामी शाहदत प्राप्त गर्ने समस्त वीर जेनजी पुस्ताका प्रतिनिधि युवाहरुप्रति हार्दिह श्रद्धाञ्जली अर्पण गर्दछौं । सरकारले ताकी ताकी गोली ठोकेर शान्तिपूर्ण प्रदर्शनमा जसको हत्या गर्यो, ती निर्दोष र निहत्था युवाको आत्माले शान्ति पावस, अनि शोक शन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस । हामी भगवानसंग यही प्रार्थना गर्दछौं ।
द्यर्शकवृन्द, सेप्टेम्वर ८, २०२५ तदनुरुप २०८२ भदौं २३ गते सोमवार राजधानी काठमाण्डौं लगायत देशका प्रमुख शहरहरुमा भएको जेनजी पुस्ताको शान्तिपूर्ण प्रदर्शनमा सरकारले गरेको हस्तक्षेपकै कारण १९ होनाहार युवाहरुले अनाहकमा ज्यान गुमाउनु परेको छ । सयौं घाईते। अंगभंग भएका छन ।
यो सरकारको सामान्य सुरक्षा चुक मात्रै हैन, देशका छोराछोरी पुस्तामाथिको राज्यदमनको पराकाष्ठ हो । गृहमन्त्री रमेश लेखकदेखि प्रधानमन्त्री केपी ओली यो जेनजी पुस्ता हत्याका मुख्य जिम्मेवार हुन, उनीहरुले यो अपुरणीय हत्याको निशर्त सम्पूर्ण जिम्मेवारी लिनुपर्छ । उनीहरुमाथि कानुनी कार्वाही हुनुपर्छ । यो हत्या हो, मुठभेडको मृत्यु हैन । यो अक्ष्म्य राज्य अपराध हो । यो जेनजी पुस्तामाथिको राज्य दमनको निन्दा र भत्र्सना शव्दमा गरेर सकिदैन ।
द्यर्शकवृन्द राज्य आफैले आफ्ना नागरिक यसरी अनाहकमा मार्न पाईदैन । जेनजीको आन्दोलन पूर्व निर्धारित थियो । यो प्रदर्शनका लागि सिडियो कार्यालयले नै स्वीकृती दिएको थियो । यसरी आफूले अनुमति दिएको प्रदर्शनमा प्रहरीलाई गोली चलाउने आदेश दिएर दर्जन बढी युवाहरुको हत्या गर्ने सरकारको श्वेत आतंक हो । राज्य श्रृजित हत्याकाण्ड नै हो । यो देशभित्रको मात्रै हैन, अन्र्तराष्ट्रिय कानुन आकर्षित हुने अपराध हो ।
यो हत्याकाण्डमा मैदानमा देखिएका गोली ताक्ने प्रहरी सुरक्षाकर्मी वा गोली चलाउन आदेश दिने सिडिओ खेताला पात्र मात्रै ह्ुन, दोष गृहमन्त्री र प्रधानमन्त्रीकै हो । सरकारको आदेश पालना गर्नेमाथिको कथित छानबिन वा कारवाहीले यो जेनजी पुस्तामाथिको र्बबरताको सोधभर्ना हुन सक्ने छैन । जेनजीको प्रदर्शनमा घुसपैठ भयो भन्ने सरकारी दाबी हावादारी हो । सुरक्षा व्यवस्था मिलाउने जिम्मेवारी मुलतः सरकारकै हो । आफनो कमजोरी छोप्न अरुलाई दोष पन्छाएर हुदैन ।
ऋहिलेके सरकार दुई ठुला दल काँग्रेस र एमालेको संयुक्त सरकारको हो । ओली सरकारको यो निह्त्था यु्वा मार्ने कृत्यको नैतिक जिम्मेवारी ती सत्ताधारी दलले पनि लिनुपर्छ । अब एमाले र काँग्रेसले ओली सरकारलाई राजीनामा गर्न निर्देशित गर्नुपर्छ । जेनजी पुस्तामाथि रगतको होली खेल्ने केप ीओली मन्त्रीमण्डललाई अब सत्तामा बस्ने, सरकार चलाउने कुनै वैद्यता छैन । काँग्रेस एमाले ओली सरकारको प्रतिरक्षामा उत्रेर जनभावनाको विपक्षीमा उभिनु हुदैन । यदी काँग्रेस एमाले पनि हत्यारा सरकारको सती गए भने त्यो देशको लागि अर्को दुर्भाग्य हुनेछ ।
भ्रष्टाचारको अन्तय र शुसासन अनि सामाजिक संजालमाथिको प्रतिवन्ध फुकुवा जस्ता सर्वस्वीकृत माग राखेर जेनजी पुस्ताले अपराध गरेका थिएन्न । संसद भवनमाथि धाबा बोल्न ती प्रदर्शनकारीलाई वाध्य पारेको सरकारी हस्तक्षेपले नै हो । सरकारले अब माफी पाउने मौका र अवसर गुमायो । जेनजी पुस्ता हत्याको कलंक बोकेको काँग्रेस एमालेको ओली नेतृत्वको सरकारले अब निशर्त राजीनामा दिनुपर्छ । जारी जेनजी आन्दोलन सामय पार्ने अबको विकल्प ओली सरकारको अन्त्य नै हो । यसपछि देशले आफैं नयाँ दिशा तय गर्नेछ ।


