+

कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

२३ आश्विन २०८२, बिहीबार ०१:३७

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकका एजेन्डा तय गर्न आज पदाधिकारी तथा पूर्वपदाधिकारीसहितका शीर्ष नेताहरुको बैठक बस्ने भएको छ ।

केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत हुने एजेन्डाका विषयमा छलफल गर्न बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले बताए ।

पार्टीको नियमित महाधिवेशन गर्ने एजेन्डादेखि निर्वाचन र संसद् पुनर्स्थापनाको मुद्दामा समेत आजको बैठकमा छलफल हुने बताइएको छ ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठक असोज २६ गते बस्ने तय भएको छ ।