
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी अस्पतालका लागि विभिन्न उपकरण खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा डा.संगीता भण्डारीमाथि मुद्दा दायर गर्ने भएको छ ।
अख्तियारको एक उच्च स्रोतका अनुसार, डा.भण्डारी दुईवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति भइसकेकी छिन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उनी उपकुलपति भएकी थिइन्।
अनुसन्धानका सबै प्रक्रिया पूरा भई मुद्दा चलाउने निर्णय पनि भइसकेको र अब सामान्य प्राविधिक कुरा मिलाएर मुद्दा दायर हुने बताइएको छ।
उनलाई कति विगोको मुद्दा लाग्दै छ भन्नेबारे स्रोतले बताउन चाहेन तर चाँडै नै विशेष अदालतमा दायर गर्ने तयार भएको भने स्रोतले बतायो। उनीसँग अरु को को तानिने हुन् भन्नेबारे यकिन हुन सकेको छैन।