
काठमाडौं । नेकपा (एमाले)का नेता महेशकुमार बर्तौलाले गृहमन्त्री ओमप्रकाश अर्याललाई तत्काल गिरफ्तार गरिनुपर्ने बताएका छन् । समाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले गृहमन्त्री अर्याललाई पदबाट बरखास्त गरि राज्य बिरुद्धको अपराधमा गिरफ्तार गरिनुपर्ने बताएका हुन् ।
उनले गृहमन्त्री अर्याल देशलाई भयानक क्षति र शोकमा डुबाउने योजनाकार रहेको दाबी गर्दै फेसबुकमा लेखेका छन्,
”राज्य बिरुद्धको अपराधमा अहिलेका गृहमन्त्रीलाई तत्काल गिरफ्तार, गरिनु पर्दछ ”
प्रहरी बाट लुटिएका हतियारहरु (बन्दुक र गोली) कहाँ र को सँग छ भन्ने सुचना र जानकारी अहिलेका गृहमन्त्री लाई शतप्रतिसत रहेको हुनुपर्दछ । किनभने भ्रष्टाचारको अन्त्य र सुशासनको जायज मागहरु सहित जेनेरेसन जेडले गरेको शान्तिपुर्ण आन्दोलन भित्र सुनुयोजित घुसपैठ गरि शान्ति भङ्ग गर्ने, हिंसा भड्काउने र विध्वंस मच्चाउने कामको यिनी चौबिसै क्यारेटका स्टेकहोल्डर हुन ।
हाम्रो इतिहास , सम्पदा र दस्तावेज हरु छानी छानी नष्ट गर्ने, ब्यक्तिका घरहरु, ब्यवसायिक भवनहरु तोडफोड, आगजनी र लुटपाट गर्न लगाउने कामका उनि प्रायोजित उत्प्रेरक समेत हुन ।सिंहदरवार, संसद भवन, सर्वोच्च अदालत , अख्तियार भवन र प्रहरी चौकीहरु लगायतमा आगो लगाएर ध्वस्त बनाउन नेपाल राष्ट्रका बिरुद्ध परिचालित र निर्देशित मतियार पनि हुन यिनी । शुद्ध नेपाली जेन जी हरुले पनि यो कुरा बुझुन कि शान्तिपुर्ण आन्दोलन भित्र उनको घुसपैठको यहि नाता सम्बन्ध रहेकै कारण उनले थोरै पनि मिहिनेत नगरिकनै गृहमन्त्री पद सजिलै हत्याउन सफल भए र सफत ग्रहण लगत्तै माथि उल्लेखित फौजदारी अपराध प्रकरणहरुमा संलग्न दोषी र अपराधीहरूलाई प्रयाप्त प्रमाणहरु रहँदारहँदै पनि कानुनी कारवाही नगर्न लिखित निर्देशन नै दिए । जसका कारण अहिले मुलुकमा अराजकता , दण्डहिनता र जघन्य प्रकृतिका आपराधिक घटनाहरु ह्वात्तै बढेर गएको छ ।
त्यसैले सतहमा उद्घाटित यी सबै गम्भिर तथ्यहरुका आधारमा देशलाई भयानक क्षति र शोकमा डुबाउने योजनाकारका रुपमा रहेका अहिलेका गृहमन्त्री लाई पदबाट बरखास्त गरि राज्य बिरुद्धको अपराधमा तत्काल गिरफ्तार गरि अनुसन्धान प्रकृया अगाडी बढाइनु ।