+

पदाधिकारी बैठकमा देउवा नजाने, पूर्णबहादुरले अध्यक्षता गर्ने

२३ आश्विन २०८२, बिहीबार ०४:४८

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको पदाधिकारी बैठकमा नजाने भएका छन् । सभापति देउवा बैठकमा सहभागी नहुने भएपछि उपसभापति पूर्णबहादुर खड्काले बैठकको अध्यक्षता गर्ने भएका छन् ।

आज दिउँसो १ बजेका लागि कांग्रेसको पदाधिकारी बैठक बोलाइएको छ। बैठक कुपण्डोलमा रहेको हिमालय होटलमा बस्न लागेको हो । देउवाले बोलाएको आजको पदाधिकारी बैठकमा २६ असोजमा बस्ने केन्द्रीय समितिका एजेण्डा, महाधिवेशन, निर्वाचन लगायतबारे छलफल हुने जनाईएको छ ।

गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि पहिलो पटक सभापति देउवा पार्टी बैठकमा सहभागी हुने भनिएको थियो । तर, स्वास्थ्यका कारण देउवा बैठकमा सहभागी नहुने भएका हुन् ।