
काठमाडौं । तिहार नजिकिएसँगै भक्तपुरका कुमाले समुदायलाई माटाको पाला बनाउन भ्याइनभ्याइ छ। यतिवेला भक्तपुरको पोटरी स्क्वाएरका कुमाले समुदाय पाला बनाउन र सुकाउन व्यस्त छन्।
तिहार र छठमा बढी प्रयोग गरिने माटोका पाला मात्र नभई कलश, धुपौरो आदि बनाउनमा व्यस्त हुने गर्दछन्। तिहारमा घरआँगन झिलिमिली गर्न तथा लक्ष्मीको पूजाअर्चना गर्न माटोको पालाको प्रयोग गरिन्छ।