+

एभिन्युज‌‌ खबर त अब पहिलाको जस्तो देशभक्त र राष्ट्रवादी रहेन कि?

२९ आश्विन २०८२, बुधबार ००:२९

सोम विक्रम सिंह ।

मलाई असाध्यै मनपर्ने व्यक्तित्व मध्ये भाष्कार राज कर्णिकार पनि एक हुन्।  स्व. राजा बीरेन्द्र को झझल्को पनि आउने स्वर पनि कता कता स्व. राजा बीरेन्द्र सँग मेल खाने, उहाँको कार्यक्रम गर्ने फरक शैली, नेपाल टेलिभिजनमा उहाँलाई नै हेरेर हुर्कियौं।

एकसाँझ नक्साल‌ स्थित चाईनिज रेष्टुरेण्टबाट निस्किँदै गरेको देखें। म उहाँको देशभक्तपुर्ण र राष्ट्रवादी छवीबाट प्रभावित छु र उहाँलाई रेष्टुरेन्ट बाट ओझेल नहुञ्जेल हेरिरहें। उहाँले नेपाल टेलिभिजन छोडेपछि मिडिया व्यवसायीमा हाम‌ फाल्नु भयो र आफ्नै टेलिभिजन एभिन्युज खबर खोल्नु भयो। एउटा टेलिभिजन निरन्तर रूपले चलाउन ठुलो संघर्ष गर्नुपर्छ, त्यसमा दुईमत छैन। उहाँको पत्रकारिता तथा मिडीया मा ठुलो योगदान छ। उहाँको मिडियामा निरन्तरता हुँदाहुँदै पछिल्लो समयमा धेरै च्याउसरी खुलेको पत्रकारिता तथा मिडीया व्यवसायले गर्दा महासंघर्ष गर्न परेको छ। धेरै त बिदेशी एजेण्ट को रूपमा काम गरेर सिधै दुतावासबाट आर्थिक लिएर सुचना चुहाउने काममा पनि व्यस्त छन्। जसले गर्दा निष्ठापूर्वक र ईमान्दारिता का साथ काम गरेका कर्मशील पत्रकार तथा मिडीया हाउसलाई अघि बढ्न धौधौ छ।

दशैं आउँदै थियो, छ सात महिना देखि तलब नपाएको झोंकमा श्रमजिवी पत्रकार आन्दोलनमा‌ होमिएका थिए। समाचार समेट्ने पत्रकार साथीहरू भाष्कार दाई र नव नियुक्त सिईयोलाई र्याखर्याख्ति पार्दै थिए।

कर्पोरेट डाईरेक्टर त पहिला चिनैकै साथी सञ्जिव प्याकुरेल थिए भने मिलन श्रेष्ठ जी चाहीँ सिईयोमा कार्यरत थिए। सञ्जिव जो भाष्कार दाईलाई झण्डै २०४७/४८ देखि साथ दिंदै आएका व्यक्ति हुन्। भाष्कर दाईले भृकुटीमण्डपमा मेला लगाउँदा सम्पुर्ण काम तिनै सञ्जिव प्याकुरेलले हेर्ने गर्थे। अकस्मात सिईयो को अनुहारमा परिवर्तन भएको देख्दा र सञ्जिवले जागिर छोडेको देख्दा अचम्भित भईयो।

यसो बुझ्दै गईयो एभिन्युज‌‌ खबर त अब पहिलाको जस्तो देशभक्त र राष्ट्रवादी रहेन कि भन्ने आँकलन गर्न सकिन्छ। एभिन्युज टेलिभिजन को सिईयो को कुर्सीमा त खतरनाक एजेन्ट आएर पो‌ पसारी सकेका रहेछन्। बिशेष सुत्रको अनुरूप बिबिसीमा‌ सत्र बर्ष काम गरेको भनेर एन्ट्री मारेका अजय ठाकुरको पृष्ठभुमि त जम्मा तीन वर्ष जति कार्यरत थिए‌ भन्ने पत्ता लागिएको रहेछ। AP 1 टेलिभिजन बाट छ महिनामा नै रामेश्वर थापाको घोक्रेठ्याक मा परेका उनि ले दुतावास भित्र अकाउण्ट छ, पैसाको लागि बेफिक्री हुनू भनेर गफ हानेर भाष्कर दाईको मन जितेका हुन् भनेर एभिन्युज मा गफ चल्दो‌ रहेछ। Space 4 K र Nepal 1 टेलिभिजन काम बाट तिरस्कित भएर आएका यिनले श्रमजिवी पत्रकारको आन्दोलनमा लागेको भनेर एउटा परचारिकालाई एभिन्युज खबर बाट गल हत्याएका रहेछन्।‌ श्रमजिवी पत्रकारिताको ऐन अनुरुप तलब भत्ता सुबिधा पनि नदिएको रहेछ। पत्रकार महासंघ, पत्रकार र एभिन्युज खबर मिडीया हाउस बिच त्रिपक्षीय भद्र सहमति अनुसार निकालिएको परिचारिका लाई फेरि जागिरमा ल्याउन पर्नेमा उल्टै तिन जनालाई बिभिन्न बहानामा जागिर छोडेर जान बाध्य बनाएको र अझै धेरै लाई निकाल्नको‌ लागि‌ प्रेसराईज गरिरहेको बिशेष सुत्रको भनाई छ।

हुन त एभिन्युज खबर चलाउन धौधौ हुँदा दरवार ले पनि केहि सहयोग गरेर मिडीया हाउस चलाउन पर्छ भन्ने हाम्रो मान्यता थियो। यो कुरा पहिला न्युज 24 चलाउन गाह्रो हुँदा पनि दरबारमा पुराएकै हो। यो खुल्ला बहस भईसकेको‌ले यति भन्न मुख लुकाउन‌ र जिब्रो टोक्न केहि जरूरी छैन। दरबारको पक्षमा मिडीया मध्येमा‌ जहिले अग्रपंक्तिमा आई भुमिका खेल्ने एभिन्युज ले धेरै हण्डर खाएको‌ हामीले देखेका छौं। ओली र प्रचण्डको सरकार हुँदा बारम्बार ताकेतामा परेको एभिन्युज लाई  आर्थिक चपेटाले हानेको थियो भन्ने अहिले छर्लङ्ग भईसकेका छौं।

दुई बुढी मध्ये कान्छी बुढीसँग नेपालमा आएर दुतावास बाट आर्थिक ल्याउँछु भन्ने अजय ईण्डिया को उडिसाको हुन्। पैसा नभएर धौधौ हुँदा मिडीया हाउस चलाउन जताबाट पैसा ल्याए‌ पनि ल्याओस् भन्ने मान्याता पनि देश प्रति घात नै हो जस्तो‌ लाग्छ। ईण्डियन काँग्रेस का समर्थक यी‌ सिईयोले कल्चर देखाएर के टिभी चल्छ भनेर श्रमजिवी पत्रकार लाई हकार्ने गर्दा रहेछन्। अचेल राजसंस्थाको गतिबिधीमा दिलोज्यान दिएर लाग्ने एभिन्युज किन ओझेलमा छ भनेर बुझ्दा नेपालको सम्वेदनशील सुचना संकलन गर्न आएका ईण्डियन त राजा र धर्म प्रति असाध्यै नकारात्मक पो रहेछन्।

हुन त मर्ता क्या नहि कर्ता भन्ने उखान झैं दरबारले आफ्नो मिडीयाको‌ उद्धार गर्छ कि भनेर सहयोगको अपेक्षा गरेर बसेका भाष्कर दाई अन्तत ईण्डियन एजेण्ट को लोलोपोतोमा परेको देख्दा असाध्यै दुख लागेको छ।‌ अजय ठाकुरलाई भेट्न ईण्डियन दुतावासबाट आउने एउटा कालो रङ्ग भएको व्यक्ति प्राय एभिन्युज धाउनु एउटा राष्ट्रको चौथो अङ्गको लागि घोर भत्सर्ना युक्त हो। एभिन्युज लाई र देशभक्त भाष्कर दाईलाई यो एजेण्टको चङ्गु्लबाट छुट्कारा दिने हो भने तत्काल यो बिदेशी दलाललाई देश निकाला गर्नपर्छ। एभिन्युज खबर मिडीया र श्रमजिवी पत्रकारलाई उद्धार गर्ने हो भने सम्पुर्ण नेपालीले आर्थिक सहयोग गर्न पर्दछ, दशैं मा पुर्ण तलब त पाएनन होला तर तिहारमा भाईटिका मनाउन एवम् देउसी भैलो लाई दक्षिणा दिनको लागि भए पनि सम्पुर्ण तलव दिन पर्दछ, पत्रकारिता श्रमजिवी ऐन अन्तर्गत तलव , भत्ता तथा सुविधा दिन पर्दछ र एभिन्युज टेलिभिजन सम्पुर्ण देशभक्त तथा राष्ट्रवादी नेपालीले हेरिदिएर साथ दिन पर्दछ। ईति।

ॐ जय श्री शिव गोरख। जय गोरखकाली। जय मुक्ति अभियान। जय कर्मनिष्ठ।

(साभारः राष्ट्रिय सरोकार मञ्च, नेपालका अध्यक्ष समेत रहेका कर्मनिष्ठ अभियन्ता सोमविक्रम सिंहको फेसवुकबाट)