+

जेनजीको नाममा धम्क्याउँदै हिँड्ने अर्जुन शाही पक्राउ

२९ आश्विन २०८२, बुधबार १५:५९

काठमाडौं । जेनजीको नाममा विभिन्न व्यक्तिलाई धम्क्याउँदै हिँडेका अर्जुन शाही पक्राउ परेका छन् । काठमाडौंको कोटेश्वरबाट उनलाई आज बेलुका पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

अछामको पञ्चदेवल घर भएका २६ वर्षीय शाहीले पछिल्लोपल्ट विभिन्न सरकारी कार्यालयमा पुगेर धम्क्याउने काम गर्दै आएका थिए । उनीमाथि ठगीलगायतका विभिन्न मुद्दामा यसअघि पनि अनुसन्धान भएको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार उनलाई आज बेलुका काठमाडौंबाट पक्राउ गरिएको हो । उनका अनुसार शाहीमाथि प्रारम्भिक अनुसन्धान सुरु भएको छ ।