मुनिन्द्र राजभण्डारी ।
दुर्गा प्रसाईंले बिगत ३ बर्ष देखि राजसंस्था र हिन्दु अधिराज्य पुनःस्थापनको लागि गर्नु भएको योगदान प्रति हामी वहाँ प्रति आभार व्यक्त गर्द्छौ। दुर्गा प्रसाईंले जे बोले पनि जसले जे भने पनि गणतन्त्र र संविधान सहित ब्यबस्था नै फालेर राजसंस्था सहितको हिन्दु अधिराज्य पुनःस्थापन गर्ने नियत माथि कुनै शंका छैन। यस प्रति वहाँको नियत सफा नै छ।
मैले सबै देश भरिको राजाबादी नेताहरू र अभियान कर्ताहरु लाई राम्रो सङ चिनेको पनि छु र बुजेको पनि छु। जसको जे नियत र स्वार्थ भएता पनि सडकमा राजा र धर्म प्रती सबैले आ आफ्नो तर्फबाट गर्न सकेको योगदान गर्नु भएको नै छ। यिनै अभियानहरुको आवाजहरु देश भरिको सडकमा गुन्जेकोले नै अहिले सर्ब साधरण नेपालीहरुमा देशको लागि राजा चाहिदो रहेछ भन्ने माहोल खडा भएको र यसैको बलमा देशमा परिबर्तन भइ नै रहेको छ।
हाम्रो मुख पनि हेर्न नचाहने र पटक पटक हिरासतमा लगेर कोचेको गणतन्त्रको सरकारले बार्ताको लागि बोलाउनु भनेको हाम्रो राजनैतिक शक्ति वृद्धि भइ सामना गर्न नसक्ने अबस्थाले गर्दा नै हो। अहिले प्रमुख राजाबादी शक्ति भएको राजनैतिक दल आफ्नै पार्टी भित्र लडिरहेका र चुप लागेर बसेको अबस्थामा दुर्गा प्रसाईं एक्लैले राजसंस्था र हिन्दु अधिराज्यको आवाज चर्को स्वरमा सरकार कै मुटु काम्ने गरि रन्काइ रहेका छन। दुर्गा प्रसाईंले फेरि भाद्र २३/२४ गते भन्दा पनि बढी आन्दोलन गर्ला कि भनेर बार्ताको लागि बोलाइएको छ।
बार्ता गर्न बोलाइए पछि समय तोकेर नै आफ्नो माग राखी अल्टिमेटम दिएर आहुनु हुन्छ भन्नेमा हामी बिश्वास गर्द्छौ। कुनै पनि शक्तिहरुलाई पेलेर दबाएर निषेध गरेर जान नसक्ने अबस्था भएको हुनाले बार्तामा राष्ट्रिय एकताको लागि ११ बैशाख २०६३ सालमा राजसंस्था र सात राजनैतिक दलहरू बिच भएको ५ बुदे सहमति कै आधारमा राजसंस्था सहित सबै पक्षको राष्ट्रिय सहमति जुटाउन राष्ट्रिय गोलमेच सम्मेलनको आव्हान गर्न अहिलेको सरकारलाई अल्टिमेटम जारी गर्न लगाउनु होला।
(साभारः राजभण्डारीको फेसवुकबाट)


