काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलम अस्पतालमा भर्ना भएका छन् । उनको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
अघिल्लो बुधबारदेखि सिनामंगलस्थित केएमसी अस्पताल भर्ना भएका आलमको स्वास्थ्य अवस्थामा थप सुधार नआएको छोरा रजिक आलमले जानकारी दिए ।
रजिकका अनुसार, आलमलाई मस्तिष्कघात भएयता स्वास्थ्य अवस्थामा निरन्तर समस्या आइरहेको छ । केही समयअघि नयाँदिल्लीमा उपचार गरेर फर्किएका आलमलाई फेरि स्वास्थ्य समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो ।
अस्पताल भर्नापछि उनको अवस्था थप नबिग्रिए पनि सुधार पनि नआएको रजिकले जानकारी दिए ।


