+

जस्तो देश र जनता त्यस्तै दुर्गा प्रसाईं, गर्ने भनेको यिनै हुन, अरुको यतिको दम र आट छैन

१३ कार्तिक २०८२, बुधबार १३:४८

मुनिन्द्र राजभण्डारी ।

म दुर्गा प्रसाईंको अभियानमा त छैन तर राजा फर्काउन्छु भनेर लागेका हुनाले साथ सहयोग र समर्थन गर्ने हो। दुर्गा प्रसाईं जे जस्तो भए पनि गर्ने भनेको यिनै हुन। अरुको यतिको दम र आट छैन। एकलै भए पनि सरकार प्रशासन र सुरक्षा निकायहरुको सातो खाइ रहेका छन।  तीन बर्षमा गणतन्त्रका नेताहरू सङ मिलोमतो गरेर धोका दिएको मलाई थाहा छैन। हिरासतमा बसेका युवाहरूको २० हजार सम्मको धरौटी तिरेका थिए। मलाई नि के छ क्याप्टेन साप भनेर सोधेका त थिए। मेरो त १० हजार मात्र हो म आफै तिर्न सक्छु भने पछि छैन भने भनम है भन्दै थिए।

राति १२ बजि सकेको थियो काठमाडौ जिल्ला अदालतमा। थुनछेक बहसको आदेश पर्खी रहेका थियौ। क्याप्टेन साप मलाई त पुर्पक्ष मै पठाउने भए। तपाईंहरु धरौटीमा छुट्नु हुन्छ। पैसा हुनेले आफै हालम नहुने युवाहरूलाई २० हजार सम्म म तिर्छु। युवाहरूलाई भन्नुस है भनेका थिए। अदालतमा ल्याइएको पैसाले सबैलाई त पुगेन तर २० हजार सम्म धरौटी माग भएको लाई पैसा दिएर सहयोग गरेका थिए।

जस्तो देश र जनता छन दुर्गा प्रसाईं त्यस्तै छन। अरु त मलाई थाहा छैन। गणतन्त्र ब्यबस्था र संविधान फालेर राजा र धर्म फर्काउन्छु र गणतन्त्रका नेताहरू लाई जेलमा कोच्छु भन्ने नियतमा भने खोट छैन। नेपाल भित्रबाट राजा फर्काउन सक्ने दम भएका यिनी मात्र हुन।

 

बिदेशीहरुले खुल्लम खुल्ला परेड खेल्दा पनि मिल्न नसक्ने राजाबादीहरु

आफ्नै मातृभुमी देशमा बिदेशीहरुले खुल्लम खुल्ला परेड खेल्दा पनि मिल्न नसक्ने राजाबादीहरु देशको स्वार्थ भन्दा आफ्नै ब्यक्तिगत स्वार्थको पछि लागेर भाषण र अन्तरबार्ता मै ब्यस्त छन। हामीलाई न कसैको चन्दा चाहिन्छ न राजाको लागि हात फिजाएर भिख मागिन्छ।

जति सकिन्छ आफै हालेर गरिन्छ। १० हजार राजाबादीहरुले १०/१० हजार योगदान गरे नि पुग्छ। जेन्जिहरुले आमाबाबाले दिएको खाजा खर्चबाट कटाएर १००/२०० हालेर माइतीघर मन्डलाबाट आन्दोलन शुरु गरेका थिए।यत्रा  राजाबादीहरु छन। गणतन्त्रका निर्वाचनहरुमा अरब खर्च गरेका थिए। तर राजा फर्काउन एक पैसा योगदान गर्दैनन्। यसरी आन्दोलन हुन्छ? तन मन धन सहित कटिबद्ध भएर आहुनु पर्यो।

हामीले चैत १५ गतेको घटनाबाट देखि सकेका छौ। हिरासतमा बस्ने १०० जना भन्दा बढी युवाहरूको बिजोग। न खाने पैसा छ न धरौटीको लागि पैसा छ। विभिन्न ब्यक्तिहरुले हिरासतमा बस्नेहरुलाई सहयोग भनेर देश बिदेशमा बस्ने रास्ट्रबादी नेपालीहरुले सहयोग गरेका रहेछन। तर हिरासतमा बस्ने युवाहरूलाई कुनै सहयोग प्राप्त भएको थिएन। अहिले पनि २/३ जना युवाहरू जेल मै छन। धरौटीको लागि र खानको लागि फोन गर्छन्। दसैंमा यी युवाहरूलाई यिनिहरु कै एकाउन्टमा सहयोग गरि दिनुस भन्दा एकजनाले रेसपन्स गरेनन्।

आन्दोलनमा युवाहरू घाइते होलान् जेल पर्लान र बिजोग होला भनेर हामीले संयुक्त फन्ड खडा गरि युवाहरूलाई प्रोत्साहन गरौ भन्यो जसले पैसा पायो उसैको खल्तीमा जादो रहेछ र सडकमा योगदान गर्ने युवाहरूको टाउको बेचेर निस्वार्थ आएका युवाहरूलाई देखाएर ब्यापार गरिदो रहेछ। युवाहरूको बिजोग मात्र। यो मैले हिरासतमा प्रत्यक्ष देखेको बिजोग हो। नेताहरू पनि त सङै हिरासतमा थिए। तिनैहरुलाई नेता बनाउन सडकमा आएर हिरासतमा बसेका  युवाहरूलाई एकदिन पनि के कस्तो छ कुनै चासो राखेनन। अनि यिनिहरुले भोलि जनताहरु लाई हेर्लान त?

दाइ बिहान दुनोट खाने पैसा छैन। दिउँसो बिस्कुट खाने पैसा छैन। २० को चिया खाने पैसा हुन्थेन। जेल परेका नेताहरू किलोको २००० तिरेर खसिको मासु सहित नेवारी बासमती चामलको भात खान्थे तर यी युवाहरूलाई बिहान २० रुपैयाको दुनोट र दिउँसो १५ रुपैयाको बिस्कुट उपलब्ध हुन्थेन। सरकारले त बिहान बेलुका तल्लो स्तरको खाना मात्र दिन्थ्यो। सबै पैसा तिरेर किन्नु पर्थ्यो। म त यसै सिपाही उसै सिपाही सरकारले दिएको भात नै खाएर बसे। किन्न नसकेर हैन। मैले खर्च गर्ने पैसाले युवाहरूलाई मासु किनेर बाडेर खाने गर्थ्यौ। सबैको आत्मा हो मैले खाने तर म सङ नै सडकमा आएका युवाहरूले टुलुटुलु हेर्ने हुदैन। त्यही भएर मैले पनि खाइन। पैसा बचाएर बाडेर खायौ।

मलाई हिरासत बसेको अबधिमा हिरासतमा  जम्मा १० हजार सहयोग आएको थियो। प्रहरीले खाममा राखेर पैसा छोडेर गएको छ भनेर दिन्थ्यो कसले दिएको थाहा पनि छैन र जसले दिनु भयो यो पैसा युवाहरूको कै लागि खर्च गरिएको छ। जसले उपलब्ध गराउनु भएको हो दुखको बेला सानो सहयोग गर्नु हुने अपरिचित रास्ट्रबादी नेपालीहरु लाई धन्यवाद व्यक्त गर्द्छु। रा

NO MONARCHY NO COUNTRY!

खासमा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले भारतीय सेनाको  मानार्थ प्रधान सेनापतिको पद राजा त्रिभुवनलाई प्रदान गरिएको हो। राजा त्रिभुवनले म त स्वतन्त्र देशको राजा हो भारतीय रास्ट्रपति र भारतीय प्रधानमन्त्री भन्दा तलको पद आफू लाई प्रदान गरिएकोले भारत सरह समानता कायम गर्न उक्त पद नेपाली सेनाको प्रधान सेनापती सरह भएको हुनाले नेपाली सेना कै प्रधान सेनापतीले ग्रहण गर्ने परम्परा राखिएको हो।

जवाहलाल नेहरुले राजा त्रिभुवनलाई मानसिक रूपमा गलाइ नेपाल लाई भारतमा विलय गराउने धेरै प्रयन्त नगरेका हैनन र बल्लभ भाइ पटेलले सैनिक हस्तक्षेपबाट भए पनि नेपाललाई भारतमा विलय गराउन पर्छ भन्नेमा थिए। अंग्रेज़ले भर्खरै भारत छोडेता पनि उनीहरुको प्रभाव जवाहरलाल नेहरु माथि कायम नै रहेकोले अंग्रेज़हरुले आफुले भारत छोड्न बाध्य भएता पनि नेपाललाई भारतमा विलय गराउने पक्षमा थिएनन् कारण थियो गोर्खा सैनिक बेलायती सेनामा हुनु भारत लाई कमजोर गर्न नै पाकिस्तान बङलादेश र बर्मामा बिभाजन गराएर छोडेका थिए। त्यही भएर बल्लभ भाइ पटेललाई गान्धी र नेहरु मिलेर कहिले पनि भारतको प्रधानमन्त्री हुन दिएनन्।

राणाहरु देश भित्र तानाशाही भएता पनि अंग्रेज़हरुको चाकरी गरेर मिलेर पनि नेपालको राष्ट्रिय स्वार्थहरु जोगाइ रहेका थिए। यसको ज्वलन्त उदाहरण सन १९२३ मा चन्द्र शम्सेरले नेपाल एक स्वतन्त्र रास्ट्र हो भनी बेलायत सङ सिंह दरबारमा सम्झौता गरिएको थियो। यस भन्दा अघि नेपाल भारत मै भएका स साना राज्यहरुको हैसियतमा थियो र नेपालको राजा पनि तिनै ससाना राज्यको राज रजौटा सरह नै थिए।  २००७ सालमा भारत कै सहयोगमा नेपालमा राणाहरु विरुद्ध नेपाली कांग्रेसको नेतृत्वमा आन्दोलन गराउने काम भयो र नेपालमा राणा शासनको अन्त्य भयो।

राणाहरुले कर संकलन गर्न नियुक्ति गरिएको कृष्ण प्रसाद कोइराला बिराटनगर एरियामा कर उठाउने जिम्मेवारी पाएका थिए। कृष्ण प्रसाद कोइराला उठाइएको करिब २ लाख कर हिनामिना गरेर भारत मै लुकेर बसेका थिए।  यिनैका छोरा मातृका प्रसाद कोइराला २००८ सालमा प्रधानमन्त्री बनेका थिए। राजा त्रिभुवन मातृकाप्रसाद कोइरालाको काम देखि सशन्कित भएर मातृका प्रसाद कोइराला लाई प्रधानमन्त्री बाट हटाउने तयारीमा थिए तर मातृकाप्रसाद कोइराला आफ्नो प्रधानमन्त्री पद अरु दुई बर्ष लम्ब्याउन चाहन्थे। यसैको लागि मातृका प्रसाद कोइरालाले राजा त्रिभुवन लाई गुमराहमा राखेर जेठ २००८ सालमा कोशी सम्झौता सहित  कालापानी लिपुलेक र लिम्पियाधुरामा भारतीय सेना तैनाथ गर्ने अनुमति दिएको हुनाले नै आज कालापानी लिपुलेक र लिम्पियाधुरा नेपालबाट गुमेको हो।

राजा त्रिभुवनको देहावसान पछि राजा महेन्द्रले कोइराला परिबार प्रति निकै शंकाले हेर्ने गर्द्थे। यही कोइराला परिबारको भारत प्रति भएको सहानुभूतिले गर्दा र नेपाली कांग्रेसमा यिनिहरु कै नियन्त्रण भएको हुनाले २०१५ सालको आम निर्वाचन पछि कृष्ण प्रसाद कोइरालाको अर्को छोरा बिसेस्वर प्रसाद कोइराला प्रधानमन्त्री नियुक्ति भए पछि नेताहरू भारत प्रतिको झुकाब साथै नेपालको हित मै नभएको  गण्डक सम्झौता र अन्य नेपालको राष्ट्रिय स्वार्थ बिपरित काम भएको हुनाले २०१७ सालमा राजा महेन्द्रले बिसेस्वर प्रसाद कोइरालाको निर्बाचित सरकार अपदस्थ गरि सम्पुर्ण शासन सत्ता आफ्नो हातमा लिइ नेपालको माटो सुहाउँदो पन्चायत ब्यबस्था लागू गराए। देश प्रती नेपाली कांग्रेसले गरेको घात लाई पुर्ण रूपमा निस्तेज गर्न नेपाली कांग्रेस विरुद्ध सैनिक अप्रेसन समेत भएको र नेपाली कांग्रेसलाई साइजमा ल्याउन कम्युनिष्टहरु लाई ग्रुम गर्ने कार्यहरु भए।

जवाहरलाल नेहरुले लिएकै निति उनकी छोरी इन्दिरा गान्धीले पनि अनुशरण गरि राजा महेन्द्र माथि जवाहरलाल नेहरुले जसरी नै दबाब र षड्यन्त्र गरि रहे तर राजा महेन्द्र अति चलाख र दुरदर्शिता भएको हुनाले इन्दिरा गान्धी कहिले पनि राजा महेन्द्र माथि हाबी हुन सकेनन् र नेपालको स्वतन्त्र स्वाधीनता र स्वाभिमानको पुर्ण रक्षा गरे।

पछि इन्दिरा गान्धीका छोरा राजिब गान्धीले पनि राजा बिरेन्द्र माथि आफ्नो बाजे र आमा कै निति अनुसार गलाउने धेरै चेस्ठा पनि नगरेका हैनन तर नेपालको राजसंस्थालाई कहिले पनि गलाउन र झुकाउन सकेनन्। तीन तीन पुस्ता लागि परेर पनि नेपालको स्वतन्त्रता र स्वाधीनता माथि दाबा बोल्न नसकेर नेपालमा पन्चायत र राजसंस्था विरुद्ध नेपाल कै नेताहरू प्रयोग गरि राजा र नेपाली जनताहरुलाई अलग गर्ने काम भयो जुन नेपालका नेताहरूले भारतले प्रशिक्षण गरिए अनुसार गरे।

पहिलो फेजमा नेपालको राजसंस्था र नेपाली जनता बीच रहेको आपसी सम्बन्ध टुटाउने जस अनुसार २०४६ सालको जनआन्दोलन गराइ राजालाई संबैधानिक राजसंस्थामा सिमित गराइ शक्तिहिन गराइयो। दोस्रो फेजमा नेपालमा राजा र नेताहरु दुबैले जनताहरु माथि नियन्त्रण गर्न नसकोस भनेर २०५२ सालमा माओवादी जनयुद्ध गराइ राजा र नेताहरू दुबैलाई कमजोर बनाइ प्रजातन्त्र संस्थागत हुन दिइएन।

यसै परिणाम अनुसार १२ बुदे दिल्ली सम्झौता अनुसार दोस्रो फेजमा नेपालबाट राजसंस्था नै फालियो। अबको तेस्रो फेजमा नेपालको सबै शासन प्रणाली र सिस्टम नै फेल गराइ कुनै पनि राजनैतिक शक्तिहरु लाई हाबी हुन नदिइ नेपालमा सधै राजनैतिक अस्थिरता अशान्ति र बिभाजन गराइ नेपाललाई पुर्ण रूपमा असफल रास्ट्र तर्फ धकेलेर आर्थिक उन्नति र समृद्धि हुन न दिई गलाई थकाइ छक्काइ नेपाललाई सन २०४७ वा भारतले स्वतन्त्रता प्राप्त गरेको १०० बर्ष भित्र नेपाल लाई भारत मै विलय गराउने रणनीति हो।

नेपालका जेन्जी फेन्जी सबैले यो रणनीति बुझी सोही अनुसार राष्ट्रिय एकतामा जोड दिई निलिन लागेको नेपाल ओकल्न लगाउनु पर्ने बाध्यता भएकोले नेपालको स्वतन्त्रता अस्तित्व र पहिचानको रक्षा गर्न सक्ने एक मात्र संस्था भनेको राजसंस्था नै हो। नेपालको इतिहासमा धेरै विषम परिस्थितिमा पनि नेपालको राजसंस्थाले २५० बर्ष भन्दा बढी नेपालको स्वतन्त्रता कायम नै राख्न सफल भए तर गएको ३०/३५ बर्ष मा राजसंस्थाले जोगाएको स्वतन्त्रता र बिरासत आज ठुलो जोखिममा रहेको हुनाले सबै रास्ट्रबादी नेपालीहरुले मनन गरि जेन्जी फेन्जीहरु सबैलाई  नेपालको इतिहास र चुरो कुरा बुझाउन  जरुरी छ।(साभारः राजभण्डारीको फेसवुकबाट।)