+

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक (सूचीसहित)

१४ कार्तिक २०८२, बिहीबार १३:३२

काठमाडौँ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले गरेका निर्णयहरू बिहीबार सार्वजनिक गरिएको छ । सरकारको प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गरेका हुन् ।

सार्वजनिक ११ वटा निर्णयमा संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनमा हेरफेर गर्ने, मोरक्कोमा आयोजना हुने कार्यक्रममा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीलाई स्वीकृति दिने उल्लेख छ ।

यस्तै माघ ११ गते राष्ट्रिय सभा सदस्यको  रिक्त पदमा निर्वाचन गर्ने, सचिव नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने, सेनाका एक जना प्रमुख सेनानीलाई महासेनानानी र एक जना सहायक रथीलाई उपरथीमा बढुवा गर्नेलगायतका निर्णय भएको खरेलले जानकारी दिए ।