काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता बामदेव गौतमले केन्द्रीय कमिटी बैठकमा बृहत पार्टी एकता गर्ने सम्बन्धमा छलफल भएको बताएका छन् ।
बिहिबार भएको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकपश्चात उनले बैठकमा पार्टी एकताबारे छलफल भएको र भिन्न भिन्न मत आएको भन्दै यसबारे विस्तृत छलफल भइरहेको बताए ।
उनका अनुसार बैठकमा कसैले पार्टी एकता अहिले गर्नु हुदैँन् एक्लै अगाडि बढ्नु पर्छ भन्ने धारणा राखेका छन् भने कसैले पार्टी एकता गरेर अगाडि बढ्नु पर्ने धारणा राखेको छन् ।
‘बैठकमा बृहत पार्टी एकता गर्ने सम्बन्धमा छलफल भयो । यसबारेमा पार्टीमा भिन्न भिन्न मतहरु आएका छन् । कसैले पार्टी एकता अहिले गर्नु हुदैँन् हामी एक्लै अगाडि बढ्नु पर्छ भन्ने कुरा गर्नु भएको छ भने कतिले भने आजको परिस्थितीले हामीलाई पार्टी एकता गर्ने स्थानमा पु¥याएको छ । कम्युनिष्टहरु एउटै पार्टीमा एकताबद्ध हुनुपर्छ र त्यस्तो भयो भने मात्र हामीले सबै किसिमका प्रतिक्रियावादीहरुलाई समाप्त गरेर जनताको बहुदलिय जनवाद, जनताको समाजवाद निर्माण गर्न सक्छौ भन्ने विषय राख्नु भएको छ,’ उनले भने ।
साथै, बैठक भोलीसम्म जारी भएको हुनाले निर्णय भोली मात्र आउने पनि उनको भनाई छ ।


