काठमाडाैं। नेकपा एमालेको ११ औं महाधिवेशनको दोस्रो दिन काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्रको तयारी हुँदैछ। प्रदर्शनीमार्गसँगै जोडिएको मुख्य प्रवेशद्वालाई आकर्षक ढंगले सजाइएको छ।
सुनौलो रंग मिश्रित मुख्य प्रवेशद्वारलाई ‘गोल्डेन गेट’ नाम दिइएको छ । महाधिवेशन बन्दसत्र स्थलबाहिर कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको छ ।











