+

कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक आह्वान

२९ मंसिर २०८२, आईतवार ०९:०४

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको छ । यही मंसिर २९ गते बिहान ९ बजे ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान गरिएको हो ।

“नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक २०८२ मंसिर २९ गते सोमबार बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भएकाले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,” कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा आइतबार जारी सूचनामा भनिएको छ ।