काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएको छ ।
नेपाल आयल निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजल र मट्टितेलमा १० रुपैयाँ वृद्धि गरेको छ।
निगमको सञ्चालक समितिको बैठकले भारतबाट मूल्यवृद्धि भएर आएपछि नेपालको मूल्य पनि समायोजन गरेको जनाएको छ। पेट्रोलियम पदार्थको नयाँ मूल्य आज राति १२ बजेपछि लागू हुने छ।




