+

नेकपाले बोलायो संसदीय दलको बैठक

१५ चैत्र २०८२, आईतवार ०५:५७

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले संसदीय दलको बैठक बोलाएको छ ।

आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा दलको बैठक बस्ने नवनिर्वाचित सांसद रमेश मल्लले जानकारी दिए । बैठकले दलको नेता पनि चयन गर्न सक्ने उनले जानकारी दिए ।

‘संसदीय दलको बैठकले दलको नेता पनि चयन गर्न सक्छ । प्रचण्ड दलको नेता हुनेमा कुनै दुबिधा छैन’, उनले भने ।

फागुन २१ मा सम्पन्न निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्ष ८ र समानुपातिक ७ गते १७ सिट जितेको थियो ।