काठमाडौँ। सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका जगदम्बा शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल छुटेका छन्। आइतबार उनलाई सम्पत्ति शुद्धीकरण विभागले छाडेको हो।
तर उनका छोरा सुलभ अग्रवाललाई भने पाँच दिन म्याद थप गरी अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। उनीहरू दुवै जना शुक्रबार पक्राउ परेका थिए।
व्यापारी दीपक भट्ट पक्राउ परेपछि अग्रवाल परिवार पनि सम्पत्ति शुद्धीकरण कसुरमा तानिएको थियो।
सुलभ २०७६ सालमा कोरोना भाइरसको ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परी छुटेका थिए।


