+

जिप घरमा ठोक्किँदा दुईको मृत्यु, ११ घाइते

२२ चैत्र २०८२, आईतवार १४:२०

गुल्मी । गुल्मीमा बोलेरो पिकअप जिप दुर्घटना हुँदा दुई जनाको ज्यान जानुका साथै ११ जना घाइते भएका छन्।

वीरवासबाट मिसुकातर्फ जाँदै गरेको लु१च ४९०६ नम्बरको बोलेरो पिकअप जिप अचानक ब्रेक फेल भएर स्थानीय फुलमाया श्रेष्ठको घरमा ठोक्किँदा ११ जना घाइते भएका हुन्।

मृत्यु हुनेमा गुल्मीदरबार–४ की ३५ वर्षीया कृष्णा ढेंगा र ४० वर्षीया मीना सनामी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए।

घाइतेहरूलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र श्रृङ्गामा पुर्‍याएर उपचार भइरहेको छ। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ। गम्भीर हुनेमा जमुना ढेंगा, सुमित्रा ढेंगा, पार्वती ढेंगा, पम्फा ढेंगा, कुमारी पुन ढेंगा, मिना सनामी छ । अन्य पाँचजनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये २ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ।