+

गौशालाबाट लागूऔषधसहित दुई जना पक्राउ

२७ चैत्र २०८२, शुक्रबार १२:२५

काठमाडौं । प्रहरीले गौशालाबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले गौशालास्थित एक गेष्ट हाउसबाट ३० दशमलव ४२ ग्राम लागुऔषध खैरो हेरोइन र नगर रु ५७ हजारसहित निजहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले धनुषाको सबैला नगरपालिका-२ का २६ वर्षीय माधवकुमार साह र सिन्धुलीको दुधौली नगरपालिका-४ का ३२ वर्षीया मीनाकुमारी अधिकारीलाई पक्राउ गरी आज सार्वजनिक गरिएको जानकारी दिए।