+

शेखर समूह देउवा पक्षको बैठकमा नजाने

६ बैशाख २०८३, आईतवार ०९:२०

काठमाडौँ । नेपाली कांग्रेसको डा. शेखर कोइराला समूह शेरबहादुर देउवा पक्षले बोलाएको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठकमा नजाने भएको छ ।

आइतबार बिहान डा. कोइरालाको सचिवालय विशालनगरमा बसेको आफ्नो समूहको बैठकले देउवा समूहले बोलाएको बैठकमा नजाने निष्कर्ष निकालेको हो ।

समूहका नेता निवर्तमान सहमहामन्त्री जीवन परियारले देउवा पक्षले बोलाएको बैठकमा नजाने बताए ।

‘हामी हिजो उहाँहरू (देउवा पक्ष)ले बोलाएको बैठकमा पनि गएनौँ,’ परियारले भने, ‘आज पनि जाँदैनौ । पार्टीभित्र हाम्रो छुट्टै समूह छ । बैठक बसेर आफ्नो तरिकाबाट अगाडि बढ्छौँ ।