+

धर्ना दिन आयल निगम पुगेका जेनजी प्रहरीबाट लखेटिए

७ बैशाख २०८३, सोमबार १०:०३

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध नेपाल आयल निगम घेर्न पुगेका राष्ट्रिय जेनजी नागरिक अभियानमा आवद्ध युवाहरूलाई प्रहरीले लखेटेको छ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा सोमबार काठमाडौंको बबरमहलस्थित आयल नियममा धर्ना दिन उनीहरू पुगेका थिए।

प्रहरीले समन्वय गरेर युवाहरू आएको भन्दै त्यहाँबाट हटाएको हो। त्यसक्रममा उनीहरूले प्रहरी दमन मुर्दावाद, पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता गरलगाएतका नाराबाजी गरेका थिए।