+

उद्योगी शेखर गोल्छाविरुद्ध चार दिन म्याद थप

११ बैशाख २०८३, शुक्रबार २०:०९

काठमाडौं । उद्योगी शेखर गोल्छाविरुद्ध अनुसन्धानका लागि अदालतले चार दिनको म्याद दिएको छ।

बिहीबार काठमाडौंको नक्सालबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ परेको थियो। धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा उनी पक्राउ परेका हुन्।

नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष गोल्छा समेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन, २०८३ ब्युरोमा प्राप्त हुन आएकोमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनलाई पक्राउ गरिएको थियो। उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत हुन्।