इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शुक्रबार आफ्नो वार्षिक मेडिकल रिपोर्ट सार्वजनिक गर्दै डाक्टरहरूले उनको प्रोस्टेटबाट एउटा सानो ‘प्रारम्भिक चरणको घातक ट्यूमर’ सफलतापूर्वक हटाएको बताएका छन् ।
सामाजिक सञ्जाल एक्समा जारी एक पोस्टमा इजरायली नेताले भनेका छन्, मैले १८ महिना पहिले पनि ‘प्रोस्टेट’ को सफलतापूर्वक शल्यक्रिया गरेको थिएँ । त्यसबेलादेखि नियमित रूपमा निगरानी गरिएको थियो।”
७६ वर्षीय नेता नेतन्याहुले भने, “मेरो पछिल्लो स्वास्थ्य परीक्षणमा प्रोस्टेटमा एक सेन्टिमिटरभन्दा कम आकारको सानो ट्युमर फेला परेको र परीक्षणहरूले यो धेरै प्रारम्भिक चरणको तर ‘घातक ट्यूमर’ भएको पुष्टि गरेको थियो । यसको पहिलेको समस्यासँग कुनै सम्बन्ध नभएको चिकित्सकहरूले बताएका छन्।”
प्रधानमन्त्रीको कार्यालयले दिएको जानकारी अनुसार गत वर्षको मे महिनामा जेरुसेलमको एक अस्पतालमा उहाँको नियमित ‘कोलोनोस्कोपी’ गरिएको थियो ।
उनले मध्यपूर्व युद्धको बीचमा इरानले ‘गलत अफवाह’ फैलाउन सक्ने चिन्तालाई औँल्याउँदै मेडिकल रिपोर्ट प्रकाशित हुनबाट रोक्नका लागि दुई महिना ढिलाइ गर्न आग्रह गरेको बताए।
दुई साताअघि अस्थायी युद्धविराम लागू भएपछि इरानविद्धको अमेरिका–इजरायल अभियान रोकिएको छ ।
उनको कार्यालयका अनुसार प्रधानमन्त्री नेतन्याहु सन् २०२२ डिसेम्बरमा कार्यालय फर्केपछि धेरै पटक अस्पताल भर्ना हुनुपरेको छ ।
उनले सन् २०२४ डिसेम्बरमा प्रोस्टेटको शल्यक्रिया गर्नु पहिले मार्चमा हर्नियाको शल्यक्रिया गरेका थिए ।
सन् २०२३ जुलाईमा इजरायलमा हमासको आश्चर्यजनक आक्रमणको कारण गाजा युद्ध सुरु हुनुभन्दा तीन महिना पहिले प्रधानमन्त्री नेतन्याहूले चक्कर आउने समस्या भएको बताएपछि छोटो समय अस्पताल भर्ना भई पेसमेकर प्रत्यारोपण गरेका थिए ।


