+

एकैदिन एक हजार दुई सयभन्दा बढी पिन्ट रगत सङ्कलन

१२ बैशाख २०८३, शनिबार २०:३५

काठमाडौँ । सन्त निरंकारी मण्डल नेपालले आज एकैदिन एक हजार २६७ पिन्ट रगत सङ्कलन गरेको छ । मानव एकता दिवसको अवसरमा आज देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरी उक्त परिमाणमा रगत सङ्कलन गरिएको मण्डलका सचिव अनिल महर्जनले जानकारी दिए ।

त्यस क्रममा काठमाडौँमा ११८, जनकपुरधाममा १२७, सुर्खेतमा १०९, बयरघारी स्याङ्जामा ८२, नेपालगन्जमा ८५, डडेलधुरामा दुई, कञ्चनपुरमा ३६, दाङको गङ्गापरस्पुरमा २२, तुल्सीपुरमा ५५ र रोल्पामा ४४ पिन्ट सङ्कलन गरिएको छ ।

यस्तै, धरानमा ३२, पसौनीभाठा पर्सामा ५५, बुटवल रुपन्देहीमा २५, मलङगवा सर्लाहीमा ३५, वालापुर कपिलवस्तुमा ३५, सिरहामा ४०, सप्तरीको बनरझुलामा २७ र राजविराजमा १८, विराटनगर मोरङमा ३२, बर्दियामा १४ र हेटौडा मकवानपुरमा २१ पिन्ट रगत सङ्कलन भएको सचिव महर्जनले बताए ।

यसैबीच कैलालीमा मात्रै आज २५३ पिन्ट रगत सङ्कलन भएको छ । दिवसका अवसरमा कैलालीका विभिन्न स्थानमा आयोजना गरिएका रक्तदान कार्यक्रममा उक्त रगत सङ्कलन भएको हो ।