+

शौचालयमा लडेर सशस्त्र प्रहरी हवल्दारको मृत्यु

१४ बैशाख २०८३, सोमबार १५:४४

राजविराज (सप्तरी)। यहाँ बोदेबर्साइन नगरपालिकामा आज बिहान शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ।

सशस्त्र प्रहरी बल राजविराज कार्यालयका अनुसार बारा जिल्लाको पचरोता नगरपालिका–८ अमरपटी घर भएका ३५ वर्षीय प्रहरी हवल्दार जितेन्द्र यादवको मृत्यु भएको हो।

बोदेबर्साइन नगरपालिका–५ स्थित सशस्त्र प्रहरीको क्याम्पमा कार्यरत यादवको बिहान शौचालय जाने क्रममा एक्कासी लडेका थिए।