+

रुखबाट लडेर वृद्धको मृत्यु

१७ बैशाख २०८३, बिहीबार ११:२५

बाजुरा । जिल्लाको गौमुल गाउँपालिकाका सुन्तलाको रुखबाट खसेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाका अनुसार सोही गाउँपालिका–६ बसालाका ६८ वर्षीय दलबहादुर रोकायाको बुधबार मृत्यु भएको हो । सुन्तलाका बोट काँटछाँट गर्ने क्रममा उनी रुखबाट खसेका हुन् ।

उनी जिल्लाका अग्रणी किसान थिए ।