+

सर्वोच्चमा गोलाप्रथा हटाउने तयारी, बार अध्यक्ष मिश्रले जनाए आपत्ति

११ जेष्ठ २०८३, सोमबार ११:०४

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा‍‍‍डा‍‍‍‍‍ विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा पेशी प्रणाली हटाउने तयारीप्रति आपत्ति जनाएका छन्।

काठमाडौँमा आयोजित ‘मानसिक सु–स्वास्थ्य र तनाव व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले गोलाप्रथा पेशी प्रणाली हटाउने तयारीप्रति आपत्ति जनाएका हुन्। गोलाप्रथामार्फत पेशी तोक्नुको सट्टा प्रधानन्यायाधीश स्वयंले पेशी तोक्ने प्रणाली ब्युँताएमा सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै अध्यक्ष मिश्रले संवैधानिक परिषद्मार्फत प्रधानमन्त्रीलाई मन पर्ने व्यक्तिलाई नियुक्ति गर्ने अभ्यासको थालनी भएको टिप्पणी गरे।