+

सरकारले संविधान संशोधनमा सबैको सहभागिता सुनिश्चित गराेस् :सांसद केसी

१२ जेष्ठ २०८३, मंगलवार १२:४५

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संविधान संशोधनमा सबैको सहभागिता सुनिश्चित हुने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको जारी बैठकमा वर्तमान संविधान संशोधन बहस कार्यदल सत्ताको वरिपरि मात्रै घुमेको र यसबाट संशोधनको वातावरण निर्माण हुन नसक्ने उनले बताए ।

उनले संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा आयोग र सबैको सहभागितामा गोलमेच सम्मेलन गर्नुपर्ने धारणा राखे । संविधान संशोधनको वातावरण निर्माण गर्न पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा आयोग बनाउनुपर्छ । सबैको सहभागितामा गोलमेच सम्मेलन हुनुपर्छ,’ सांसद केसीले भने ।