+

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण

१२ जेष्ठ २०८३, मंगलवार २१:०३

जनकपुरधाम। मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ। मंगलबार आयोजित एक विशेष समारोहका बीच प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

सरकारमा सहभागी दलहरूबीचको आन्तरिक भागबण्डा र सहमतिपश्चात् मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख कर्णले मन्त्रीहरूको नियुक्ति र कार्यविभाजन गरेका हुन्। नयाँ समीकरणअनुसार मन्त्रिपरिषद्मा नेकपा एमालेबाट चार जना, नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीबाट एक/एक जना मन्त्री सहभागी भएका छन्।

प्रस्तावित कार्यविभाजन अनुसार युवराज भट्टराईलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने लखनदास तत्मालाई खेलकुद तथा समाज कल्याण मन्त्रालयको कार्यभार सुम्पिएको छ।

त्यस्तै, शारदादेवी थापाले श्रम तथा यातायात मन्त्रालय र नागेन्द्र शाहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ। मनोज कुमार सिंहलाई श्रम तथा संस्कृति मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

यसअघि विना विभागीय मन्त्रीका रूपमा रहेएका मोहम्मद समीरलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी जिम्मेवारी दिइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।