“प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको ६ महिना”
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको पदबहाली पछिको ६ महिनाको अवधिमा नेपाल प्रहरीको नीतिगत, संस्थागत तथा कार्यगत सुधारमा उल्लेखनीय प्रगति भएको छ । यस अवधिमा अपराध अनुसन्धान, साइबर अपराध तथा संगठित अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन र विपद् व्यवस्थापनमा प्रभावकारी कारबाही तथा सेवा प्रवाह मार्फत उल्लेखनीय सफलता प्राप्त गर्न विभिन्न कार्यविधि तथा मापदण्डहरू लागू गरिएका छन् । समग्रमा यस अवधिमा नेपाल प्रहरीलाई प्रविधिमैत्री, जनमुखी र परिणाममुखी संगठनका रूपमा विकास गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको देखिन्छ । प्रहरी कर्मचारीको सेवासुविधा तथा निवृत्तिभरण व्यवस्थालाई व्यवस्थित बनाउन संशोधन प्रस्ताव गृह मन्त्रालयमा पठाइनुका साथै कार्यसम्पादन मूल्याङ्कन प्रणाली, रणनीतिक योजना तथा सुशासनसम्बन्धी विविध प्रतिवेदन स्वीकृत गरी कार्यान्वयनमा ल्याइनुका साथै विविध नितिगत तथा संगठानात्मक सुधार भएको छ ।
- नीतिगत, कानुनी तथा संगठनात्मक सुधार
- प्रहरी जवानदेखि वरिष्ठ हवल्दारसम्म १६ वर्ष तथा प्रहरी सहायक निरीक्षकदेखि वरिष्ठ नायब निरीक्षकसम्म १८ वर्षमा निवृत्तिभरण पाउने व्यवस्था गर्न संशोधन प्रस्ताव पठाइएको
- “UN Formed Police Unit (FPU) छनौट निर्देशिका, २०८२” स्वीकृतिका लागि गृह मन्त्रालयमा पत्राचार गरिएको
- बढुवा तथा पदस्थापनपछि दरबन्दीमा हाजिर भएपछि मात्र दर्ज्यानी चिह्न प्रदान गर्ने व्यवस्था सुरु गरिएको
- बाह्य प्रभाव पार्ने प्रहरी कर्मचारीको गतिविधि तीनपुस्ते रेकर्डमा अभिलेखीकरण गर्ने कार्यको शुभारम्भ गरिएको
- नेपाल प्रहरी सम्बन्धी कानून संशोधन तथा एकीकरणका लागि समिति गठन गरी छलफल अगाडि बढाइएको
- Master in Police Science (MPS) सम्बन्धी संशोधन प्रस्ताव गृह मन्त्रालयमा पठाइएको
- कार्यसम्पादन तथा मूल्याङ्कन अभिलेख ढाँचा प्रतिवेदन, २०८२, नेपाल प्रहरी रणनीतिक सम्मेलन प्रतिवेदन, २०८२ र Training Need Analysis (TNA) कार्यविधि २०८२ स्वीकृत भई कार्यान्वयनमा ल्याइएको
- हातहतियार तथा भिड नियन्त्रण सामग्रीसम्बन्धी मापदण्ड लागू गरिएको
- Gen-Z लगायत युवा पुस्ताको अभिरुचि तथा जोखिम विश्लेषण प्रतिवेदन २०८२, स्वीकृत भई कार्यान्वयनमा आएको
- Baton/Firearms प्रयोग मापदण्ड, २०८२ स्वीकृत भई कार्यान्वयनमा आएको
- भिड नियन्त्रणसम्बन्धी विशिष्टीकृत प्रशिक्षण क्षमता विकास प्रतिवेदन कार्यान्वयन गरिएको
- नेपाल प्रहरी रणनीतिक योजना २०८३–२०८५ स्वीकृत गरी लागू गरिएको
- गृहसचिव र प्रहरी महानिरीक्षकबीचको कार्यसम्पादन सम्झौताको आ व ०८२-०८३ को अर्धवार्षिक समीक्षा सम्पन्न गरिएको
- सुशासन मार्गचित्र, २०८२ गृह मन्त्रालयमा पठाइएको
- नेपाल सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गतका नेपाल प्रहरी सँग सम्बन्धित बुदाहरु कार्यान्वयन भइरहेको
- “नेपाल प्रहरी ठाडो निवेदन उपर छलफल तथा मेलमिलाप कार्यविधि, २०८२” लागू गरिएको ।
- मानव बेचबिखन तथा मानव तस्करी अनुसन्धान दिग्दर्शन, २०८२ कार्यान्वयनका लागि पत्राचार गरिएको ।
२. संस्थागत क्षमता विस्तार
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको पदभार ग्रहण पश्चात, नेपाल प्रहरीको संस्थागत क्षमता अभिवृद्धि गर्न प्रदेशस्तरीय सुरक्षा गोष्ठी, आधुनिक सञ्चार उपकरण प्राप्ति, नयाँ UN मिशन स्थापना प्रयास तथा आधुनिक सुरक्षा प्रविधिको प्रयोग विस्तारजस्ता कार्यहरू सम्पन्न भएका छन् । साथै ड्रोन तथा एन्टी–ड्रोन इकाई स्थापना प्रक्रिया अगाडि बढाइनुका साथै हजारौं जनशक्तिलाई स्वदेश तथा विदेश तालिम प्रदान गरी संगठनलाई थप सक्षम र प्रविधिमैत्री बनाइएको छ । जस अन्तर्गत:
- ७ वटै प्रदेशमा प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न ,
- १७ वटा प्रहरी कार्यालयका लागि ४८,९२९ वर्गमिटर जग्गा प्राप्ती,
- चिनियाँ दातृ निकायबाट अत्याधुनिक सञ्चार उपकरण प्राप्त गरिएको,
- जिल्ला प्रहरी कार्यालयहरूको मासिक कार्यसम्पादन मापन प्रणाली सुरु गरिएको,
- नयाँ UN (FPU) मिशन स्थापनाका लागि UNDPO मा प्रस्ताव पठाइएको,
- विभिन्न सरकारी तथा गैर्ह सरकारी निकायहरुबाट ४३७ वटा चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारी साधन वितरण गरिएको,
- सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा सुदृढीकरण प्रस्ताव स्वीकृत गरिएको,
- ड्रोन तथा एन्टी–ड्रोन इकाई स्थापना प्रक्रिया अघि बढाइएको,
- VVIP/VIP सुरक्षाका लागि आधुनिक सुरक्षा उपकरण प्रयोग विस्तार गरिएको,
- ११,५०० जनशक्तिलाई स्वदेश तथा विदेश तालिम प्रदान गरिएको ।
३. प्रहरी कल्याण, कर्मचारी हित तथा मनोबल अभिवृद्धि
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको पहलमा प्रहरी कर्मचारीको हित, सेवा सुविधा तथा मनोबल अभिवृद्धिका लागि सहुलियत कर्जा, कल्याण कोष सेवा विस्तार, राहत अनुदान, छात्रवृत्ति, स्वास्थ्य उपचार तथा राशन सुधारजस्ता महत्वपूर्ण कार्यक्रमहरू कार्यान्वयनमा ल्याइएका छन् । साथै अमर प्रहरी परिवारसँग प्रत्यक्ष भेटघाट, उद्धार तथा उपचार व्यवस्थामार्फत संगठनले मानवीय संवेदनशीलतालाई पनि प्राथमिकतामा राखेको छ । त्यसका साथै:
- आकस्मिक समस्या समाधानका लागि प्र का स देखि प्र व ना नी दर्जासम्मका प्रहरी कर्मचारीहरुलाई ५% ब्याजदरमा रु. २ लाखसम्म सहुलियत कर्जा उपलब्ध गराइएको,
- नेपाल पुलिस क्लब सञ्चालन तथा व्यवस्थापन मापदण्ड संशोधन गरिएको
- प्रहरी कल्याण कोष सञ्चालन कार्यविधि- २०८० परिमार्जन गरिएको
- ४,८४७ प्रहरी कर्मचारीलाई विभिन्न शीर्षकमा सहुलियत कर्जा उपलब्ध गराइएको
- कल्याण कोषबाट प्रदान हुने सेवाहरूलाई सरल तथा छरितो बनाइएको
- ३६२ जना प्रहरी परिवारलाई राहत तथा उपचार अनुदान प्रदान गरिएको
- २,६८८ जना बहालवाल, अवकाश प्राप्त, अमर अशक्त प्रहरी तथा निजका आर्श्रीत परिवारका लागि ई छात्रवृत्ति तथा आर्थिक सहयोग प्रदान गरिएको
- १,७१,५५७ जनालाई नेपाल प्रहरी अस्पतालबाट स्वास्थ्य सेवा प्रदान गरिएको
- राशन स्केलमा थप ३ प्रकारका सामग्री समावेश गरिएको
- मिति २०८२/०८/२८ गते कास्की जिल्लाको रुपा गाउँपालिका स्थित स्व. प्रहरी सहायक हवल्दार अमृत गुरुङको घरमा र मिति २०८२/०९/१० गते दैलेख जिल्लाको नारायण नगरपालिका २ जारकोट स्थित मृतक प्रहरी हवल्दार दशरथ थापाको परिवारसँग भेटघाट तथा मृतक अमर प्रहरीहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको
- डोल्पामा बिरामी परेका प्रहरी कर्मचारीहरुको हरूको हेलिकप्टरमार्फत उद्धार गरी उपचार व्यवस्था गरिएको ।
४. अपराध अनुसन्धान तथा कानुनी कारवाही
अपराध अनुसन्धान तथा कानुनी कारवाहीलाई प्रभावकारी बनाउँदै नेपाल प्रहरीले हत्या, आत्महत्या, चोरी, संगठित अपराध, महिला तथा बालबालिका सम्बन्धी अपराध, साइबर अपराध, मानव बेचबिखन तथा लागुऔषध नियन्त्रण लगायतका हजारौं मुद्दामा अनुसन्धान तथा कारवाही सम्पन्न गरेको छ । फरार अपराधी पक्राउ, सम्पत्ति शुद्धीकरण, अवैध हातहतियार नियन्त्रण तथा विद्युतीय ठगीबाट पीडितलाई रकम फिर्ता गराउने कार्यले कानुनी शासन सुदृढ बनाएको छ । यसैगरि:
- विभिन्न कसुरमा ३०,२७६ मुद्दा दर्ता गरी कानुनी कारवाही गरिएको
- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक विरुद्धका घटनामा १,५५१ मुद्दा दर्ता गरी कानुनी कारवाही गरिएको
- ४४७० बर्ष कैद र रु.१,१०,३८,९४,६२५ बराबर जरिवाना असुलउपर गर्न बाँकी १११०९ जना फरार ब्यक्तिहरुलाई पक्राउ गरी कार्वाही गरिएको
- सम्पत्ति सुद्धीकरण मुद्धामा रु. ३,११,५२,६३,३१० बिगो रकम दाबी सहित १०३ जना प्रतिवादी बिरुद्ध कानूनी कार्वाही गरिएको
- करिब १ अर्ब रुपैयाँ बराबरको राजश्व चुहावट प्रकरणमा ७५८ जना पक्राउ गरिएको
- विदेशमा बसि नेपालका उच्च पदस्थ व्यक्तिहरुलाई ज्यान मार्ने धम्की दिने २३ वर्षिय प्रकाश पाठक सहित ४ जनाट प्रतिबादिहरुलाई विभिन्न देशहरुबाट पक्राउ गरि नेपाल ल्याईएको
- अवैध हातहतियार तथा विष्फोटक पदार्थसहित १२७ जना पक्राउ गरिएको
- साइबर अपराध मुद्दामा पीडितलाई रु. ८ करोडभन्दा बढी रकम फिर्ता दिलाइएको
- मानव बेचबिखन तथा ओसारप्रसार अपराधमा संलग्न ४१ जना पक्राउ गरिएको
- ठूलो परिमाणमा लागुऔषध बरामद गरी ४,६६६ जनाविरुद्ध कारवाही गरिएको ।
५. प्रविधि, डिजिटल प्रणाली तथा फरेन्सिक आधुनिकीकरण
नेपाल प्रहरीलाई प्रविधिमैत्री तथा आधुनिक अनुसन्धान प्रणालीमा रूपान्तरण गर्न Artificial Intelligence and Advance Analytics Cell स्थापना, डिजिटल फरेन्सिक प्रयोगशाला सुदृढीकरण, CCTV विस्तार, अनलाइन सेवा प्रणाली तथा नेपाल प्रहरी एप अपग्रेडजस्ता कार्यहरू सम्पन्न भएका छन् । यसले अनुसन्धान, सेवा प्रवाह तथा सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाएको छ ।
- AI and Advance Analytics Cell स्थापना गरी सञ्चालनमा ल्याइएको
- अभियुक्त र कसूरदारको अभिलेखीकरण (Recording) र ट्रयाकिड (Tracking) प्रणाली सम्बन्धी SOP- स्वीकृत भई कार्यान्वयनमा आएको
- विधि विज्ञान प्रयोगशालाबाट २१,८८७ नमुना परीक्षण गरिएको
- डिजिटल फरेन्सिक ल्याबबाट २,५३६ सबुद परीक्षण सम्पन्न गरिएको
- विभिन्न मुद्दामा संम्लग्न २०१ जनालाई पोलिग्राफ परीक्षण गरिएको
- ६,७४,७५३ जनालाई पुलिस रिपोर्ट वितरण गरिएको
- नेपाल प्रहरी मोबाइल एपमार्फत उजुरी तथा निवेदन दिन सकिने व्यवस्था गरिएको
- विभिन्न नाका तथा देशभरका विभिन्न स्थानहरुमा १,०४२ वटा CCTV क्यामेरा जडान गरिएको
- Lost Vehicle Record System अनलाइनमार्फत सञ्चालन गरिएको
- हराएका व्यक्ति तथा अज्ञात शवको विवरण सर्वसाधारणको पहुँचसम्म पुग्ने गरी वेबसाइटमार्फत सार्वजनिक गरिएको ।
- सवारी दुर्घटना न्यूनिकरण तथा सुरक्षित यात्राको लागि Traffic Communication App प्रयोगमा ल्याईएकोमा हाल त्यसलाई Upgrade गरी Missing Vehicle, Missing Person, Time Card, Intelligent Search, Device Security, Admin & Monitoring Portal, सिमानाकाबाट छिर्ने भारतिय सवारी साधनको नम्बर, चालकको फोटो हेर्न मिल्ने Features थप गरिएको ।
६. ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षा
ट्राफिक व्यवस्थापनलाई आधुनिक र प्रभावकारी बनाउन ट्राफिक कार्यालय पूर्वाधार विकास, जनचेतनामूलक कार्यक्रम, डिजिटल चिट प्रणाली तथा Traffic Violation Record System विस्तार गरिएको छ । यसबाट सडक सुरक्षा तथा राजश्व संकलनमा उल्लेखनीय सुधार भएको छ । जसअन्तर्गत:
- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका लागि जग्गा प्राप्ति र तत्कालीन जिल्ला प्रहरी परिसर, हनुमानढोकाको भवन व्यवस्थापन प्रतिवेदन,२०८२ स्वीकृत भई कार्यान्वयनमा आएको
- सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक नियम सम्बन्धि ८२,२१७ जनचेतनामूलक कार्यक्रमबाट ४५ लाखभन्दा बढी नागरिक लाभान्वित भएको
- ५,६१,१३९ सवारी साधनलाई कारवाही गरी राजश्व संकलन गरिएको
- देशभर TCA, TVRS तथा E-challan प्रणाली लागू गरिएको
७. समुदाय–केन्द्रित तथा सामाजिक सुरक्षा कार्यक्रम
समुदायसँगको सहकार्य तथा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै छात्रवृत्ति कोष स्थापना, न्यानो कपडा तथा खाद्यान्न वितरण, ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रम, महिला तथा बालबालिका सेवा केन्द्र अवधारणा र समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरिएका छन् । यसले प्रहरी–नागरिक सम्बन्धलाई थप सुदृढ बनाएको छ । त्यसका साथै विविध सामाजिक कार्यहरु समेत सम्पन्न भएका छन् ।
- गरिब तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक छात्रवृत्तिका लागि मिति २०८२/१०/२० गते स्वर्गीय बुवा कृष्णबहादुर कार्कीको स्मृतिमा देविस्थान माध्यमिक विद्यालय, मालिका गाउँपालिका–७, घमिर, गुल्मीमा रु. ५,००,००० (पाँच लाख रुपैयाँ) बराबरको अक्षयकोष स्थापना गर्नुभएको
- मोरङ र बारामा न्यानो कपडा वितरण कार्यक्रम सञ्चालन गरिएको
- विभिन्न जिल्लाहरुमा खाद्यान्न सामग्री वितरण गरिएको
- ज्येष्ठ नागरिक विशेष सुरक्षा मार्गदर्शन- २०८२ स्वीकृत गरी लागू गरिएको
- नमुना महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र अवधारणा निर्माण प्रतिवेदन – २०८२ स्वीकृत भई कार्यान्वयनमा आएको,
- नागरिक सहायता कक्ष,महिला सहायता कक्ष, दलित सहायता कक्ष लगायतको एकीकृत एंव सुदृढ व्यवस्थापनको सम्भाव्यता अध्ययन गरी कार्यान्वयन गर्ने प्रतिवेदन, २०८२ स्वीकृत भई कार्यान्वयनमा आएको
- १५ जिल्ला प्रहरी कार्यालयमा Sanitary Pad Vending Machine र Dispose को व्यवस्था गर्ने सम्बन्धमा व्यवस्थापन प्रक्रिया अघि बढाइएको
- नागरिक सहायता कक्षको सबलीकरण गरी नागरिक सहजकर्ता ( प्रहरी कर्मचारी) को व्यवस्था गर्ने र सेवाग्राही अभिलेखीकरण प्रणालखीको स्थापना र सञ्चालन गरी कार्यान्वयनको व्यवस्था मिलाउन देशभरका प्रहरी कार्यालयलाई पत्राचार गरिएको
- नेपाल प्रहरी प्रधान कार्यालयमा बिभिन्न श्रोतबाट प्राप्त २,३०४ वटा उजुरी फर्स्यौट गरिएको ।
- १० वटा प्रहरी कार्यालयमा बालमैत्री कक्षा स्थापनाका लागि प्रति जिल्ला १ लाख ५० हजार रकम उपलब्ध गराईएको
- समुदाय प्रहरी साझेदारी अन्तर्गत ६,५१७ कार्यक्रम द्वारा ११,३३,९६२ जना नागरिकहरु प्रत्यक्ष रुपमा लाभान्वित सञ्चालन गरिएको ।
८. विपद् व्यवस्थापन तथा सुरक्षा परिचालन
विपद् व्यवस्थापन, भिड नियन्त्रण तथा निर्वाचन सुरक्षा व्यवस्थापनमा नेपाल प्रहरीले प्रभावकारी भूमिका निर्वाह गरेको छ । देशभर भएका विपद्का घटनाहरुमा उद्धार तथा सुरक्षा परिचालन गर्नुका साथै प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउन समन्वयात्मक नेतृत्व प्रदान गरिएको छ ।
- ४,२०६ विपद्का घटनामा २३,४८४ प्रहरी परिचालन गरि २१३ जना नागरिकको सफल उद्वार समेत गरिएको
- बन्द, हडताल तथा विरोध कार्यक्रममा ५९,०६२ प्रहरी परिचालन गरि भरपर्दो सुरक्षा व्यवस्था प्रदान गरिएको
- नेपाल प्रहरीद्वारा विभिन्न स्थानका सुकुम्बासी तथा भूमिहीन व्यवस्थापन कार्यमा आवश्यक सहजीकरण गरिएको
- फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपुर्ण, विष्पक्ष त भयरहित वातावरणमा सम्पन्न गराउन नेतृत्वदायी भूमिका निर्वाह गरिएको ।
९. पूर्वाधार विकास तथा सेवा विस्तार
प्रहरी सेवाको पहुँच विस्तार तथा महिला, बालबालिका र ज्येष्ठ नागरिकमैत्री सेवा प्रवाहका लागि विभिन्न प्रहरी कार्यालयमा सेवा केन्द्र भवन उद्घाटन तथा पूर्वाधार विकासका कार्यहरू सम्पन्न भएका छन् । जस अन्तर्गत प्रहरी महानिरीक्षक कार्कीद्वारा जिल्ला प्रहरी कार्यालय पर्सा, जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्व तथा विभिन्न इलाका प्रहरी कार्यालयहरूमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन गरिएको छ ।
सङ्गठन प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्की को पदबहाली पश्चात नेपाल प्रहरीमा नीतिगत सुधार, संगठनात्मक सुदृढीकरण, प्रविधिमैत्री सेवा विस्तार, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन, प्रहरी कल्याण सेवा तथा समुदाय केन्द्रित कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन भएका छन् । आधुनिक प्रविधिको प्रयोग, सुशासन, सामाजिक सुरक्षा तथा जनमैत्री प्रहरी सेवामार्फत संगठनलाई थप व्यावसायिक, उत्तरदायी र जनमानसमा विश्वासिलो बनाउने दिशामा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको ६ महिनाको अवधिमा ऐतिहासिक प्रगति हासिल भएको स्पष्ट देखिन्छ । धन्यबाद जय नेपाल


