+

डडेल्धुरामा सशस्त्र प्रहरी जवानसहित दुई जना महाकाली नदीमा बेपत्ता

१७ जेष्ठ २०८३, आईतवार १३:२८

अमरगढी (डडेल्धुरा)। डडेल्धुराको परशुराम नगरपालिका-५ बाट सशस्त्र प्रहरीका एक जवानसहित दुई जना व्यक्ति बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराले दिएको जानकारीअनुसार परशुराम नगरपालिकाको परिगाउँस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) मा कार्यरत प्रहरी जवान ओमप्रकाश पुन मगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापा मगर शुक्रबारदेखि बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) बरुणबहादुर सिंहका अनुसार सम्पर्कविहीन भएका उनीहरू नातामा मामाभान्जा पर्ने बुझिएको छ।

बेपत्ता भएका व्यक्तिहरूले प्रयोग गरेको ट्युब महाकाली नदीको किनारमा फेला परेकाले उनीहरू नदीमा बगेको हुनसक्ने बलियो आशंका गरिएको छ। ट्युब भेटिएसँगै प्रहरीले स्थानीय प्रशासन र सशस्त्र प्रहरीको सहयोगमा नदी आसपासका क्षेत्रमा खोजी कार्यलाई तीव्र बनाएको छ।