+

देशभरका २६३ प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैन: आईजीपी कार्की

२५ जेष्ठ २०८३, सोमबार १५:५३

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण अवस्थामा रहेको बताएका छन् ।

राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले जीर्ण संरचना पुनर्निर्माणका लागि बजेट अभाव रहेको जानकारी दिएका हुन् ।

आईजीपी कार्कीका अनुसार सीमावर्ती तथा संवेदनशील क्षेत्रमा रहेका कतिपय प्रहरी चौकी भत्किने अवस्थामा पुगेका छन् । कतिपय चौकीको अवस्था अत्यन्त कमजोर रहेको र भवन नै ढल्ने जोखिम रहेको उनले उल्लेख गरे । अस्थायी प्रहरी चौकीहरूको यकिन तथ्यांकसमेत नभएको उनले बताए ।

जीर्ण चौकीहरूको पुनर्निर्माण संघीय मामिला तथा स्थानीय तहसँगको समन्वयमा हुन सके प्रहरी कर्मचारीलाई न्यूनतम मानवीय सुविधा उपलब्ध गराउन सकिने उनको भनाइ छ ।