+

गृहमन्त्री र गृहसचिवको सवारी साधनबाट हटाइयो कालो स्टिकर

१५ असार २०८३, सोमबार २१:२४

काठमाडौं । ट्राफिक प्रहरीले गृहमन्त्री सुदन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सवारी साधनमा जडान गरिएको कालो स्टिकर हटाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार गृहमन्त्री र गृहसचिवको सवारीको कालो सिसा हटाएको हो ।

ट्राफिक प्रहरीले कालो सिसा हटाउने अभियान थालेपछि आफ्नो सवारीको पनि कालो सिसा हटाउन भन्दै गृहमन्त्री आफैं ट्राफिक प्रहरी कार्यालय पुगेका थिए । त्यसपछि प्रहरीले उनीहरूको सवारीको कालो सिसा हटाएको हो ।