+

राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका व्यक्तिको अवस्था गम्भीर, वीर अस्पतालमा उपचार हुँदै

२५ असार २०८३, बिहीबार १५:३०

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालयको गेटअगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाएका ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर अस्पताल लगेको छ । उनले किन यस्तो गरे भन्ने स्पष्ट छैन । उनको पहिचान पनि सार्वजनिक गरिएको छैन ।

राहदानी विभाग अगाडि पेट्रोल खन्याएर आत्मदाह गरेका उनलाई तत्काल प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याएको थियो ।

वीर अस्पतालका प्रहरी गणेश चौलागाइँका अनुसार उनको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार आत्मदाह प्रयास गर्नेमा मुगु जिल्लाको सोरु गाउँपालिका वडा नं. ०१ घर भई हाल भक्तपुर बस्ने २५ वर्षीय गणेश नेपाली रहेका छन् ।