+

मोरङमा करेन्ट लागेर महिलाको मृत्यु

२६ असार २०८३, शुक्रबार २०:५४

काठमाडौं। मोरङमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनपालथान गाउँपालिका–७, कमलपुर बस्ने ४४ वर्षीया मन्जु कामत छिन्। करेन्ट लागेर शुक्रबार बिहान उनको मृत्यु भएको हो।

आफ्नै घरमा लिपपोत गर्ने क्रममा बिजुलीको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।