काठमाडौं । सोमबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.६० अंकले घटेर २५७० बिन्दुमा झरेको हो ।
आज २२ कम्पनीको सेयर मूल्य बढ्दा २४९ कम्पनीको सेयर मूल्य घटेको छ । ४ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।
सोमबार ३६८ कम्पनीको ४ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
जसमध्ये सबैभन्दा धेरै कारोबार एनएमबि बैंकको डिवेन्चर ८.५० प्रतिशतको ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, १० प्रतिशत एनआईसी एसियको ४६ करोड र एभरेष्ट बैंक डिभेन्चरको ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सामुदायिक लघुवित्तको सेयर मूल्य ५.३७ प्रतिशतले बढेको छ ।
आज नेप्से घट्ने क्रम नरोकिँदा कारोबार रकम बढ्नुले बजारले सुधारको बाटो लिन खोजेको हो कि भन्ने देखाउँछ ।
यद्यपि आर्थिक वर्षको अन्तिममा डिबेञ्चरको कारोबार बढ्दा बजारको समग्र कारोबारमा उल्लेख्य सुधारको अवस्था देखिएको हो । यो कारणले कारोबारकै कारण आशावादी हुने अवस्था भने खासै नरहेको विश्लेषकहरूको बुझाइ छ ।


