+

१६६ विधेयक सदनमा ल्याउने तयारीमा सरकार

३१ असार २०८३, बुधबार १६:१३

काठमाडौँ । सरकारले १६६ विधेयक सङ्घीय संसद्मा ल्याउने तयारी गरेको छ ।

आज कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहाललाई भेटेर सरकारले सङ्घीय संसद्‌मा ल्याउने तयारी गरेका १६६ वटा विधेयकको सूची बुझाएकी छन् ।

अध्यक्ष दाहालले सरकारले सङ्घीय संसद्‌मा पेस गर्ने विधेयकहरूको तयारी गरिरहेको थाहा पाउँदा खुसी लागेको भेटमा बताएको सचिवालयले जनाएको छ ।

उनले संविधानको कार्यान्वयनका लागि थुप्रै कानुनहरू निर्माण गर्न बाँकी रहेको र सङ्घीय संसद्लाई बिजनेस आवश्यक भएको उल्लेख गर्दै सरकारको तर्फबाट जतिसक्यो छिटो विधेयक पेस गर्न आग्रह गरेका थिए ।

भेटमा मन्त्री गौतमले सङ्घीय संसद्‌मा पेस गर्ने विधेयकहरूको प्राथमिकता समेत गरेर तयारी गरिरहेको बताउँदै संसद्लाई बिजनेसविहीन हुन नदिने बताइन् ।