+

मलामी गएका युवा नदीमा बगेर बेपत्ता

१ श्रावण २०८३, शुक्रबार १५:२१

गोरखा । मलामी गएका गोरखाका एक युवा दरौँदी नदीमा बगेर बेपत्ता भएका छन् ।

अजिरकोट गाउँपालिका–४, तालफुटे घाटमा मलामी गएका झ्याँवाका ४० वर्षका शमशेर नेपाली दरौँदी नदीले बगाउँदा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

बिहीबार दिउँसो १ बजेदेखि नदीमा हराइरहेका उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।