काठमाडौं । रुकुम पूर्वको कोल क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ४:३० बजे ५.० म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का रुकुम पूर्वसहित आसपासका जिल्लाहरूमा पनि कडा रूपमा महसुस गरिएको थियो। विशेषगरी अर्घाखाँची, दाङ र रोल्पाका स्थानीय बासिन्दाहरूले भूकम्पको बलियो धक्का महसुस भएको जानकारी दिएका छन्।
भूकम्पका कारण हालसम्म कुनै पनि मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। स्थानीय प्रशासनले क्षतिको अवस्थाबारे बुझ्ने कार्य गरिरहेको छ।


