+

बीपी स्मृति दिवसमा ५ किलोमिटर ‘ग्रीन रन’ प्रतियोगिता (तस्बिरहरू)

६ श्रावण २०८३, बुधबार ०८:४१

 

काठमाडौं। प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको स्मृति दिवसका अवसरमा आज ५ किलोमिटर ‘ग्रीन रन’ (दौड) आयोजना गरिएको छ।

नेपाली कांग्रेसद्वारा आयोजित उक्त दौड ललितपुरको युएन पार्कबाट सुरु भई जावलाखेलस्थित फाल्चामा पुगेर सम्पन्न भएको हो। स्वास्थ्य र वातावरण सचेतनाको सन्देश दिने उद्देश्यले आयोजित यस ‘ग्रीन रन’मा नेपाली कांग्रेसका सभापति लगायत पार्टीका विभिन्न तहका नेता-कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

(तस्बिर: सक्षम घिमिरे, नेपाल न्यूज बैंक)