No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

निजी र ट्याक्सीबाहेकका सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली हटाउन सीसीएमसीसीको सिफारिस

0

काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली हटाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ।सीसीएमसीसीले शुक्रबार  निजी र ट्याक्सीमा मात्र जोरबिजोर प्रणाली कायम राख्दै सार्वजनिक सवारी साधनमा यो प्रणाली लागू नगर्न सरकारलाई सिफारिस गरेको हो।

सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालका अनुसार सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लाग्गू गर्दा भीडभाड बढेको भन्दै यस्तो सिफारिस भएको हो। कोभिडको उच्च जोखिम कायम रहेको निष्कर्ष निकाल्दै सीसीएमसीसीले तत्काल सबै क्षेत्रलाई खुलाउन नसकिने निर्णय गर्दै अहिलेलाई सार्वजनिक यातायातमा कायम जोरबिजोरलाई हटाउन सिफारिस गरेको उनको भनाइ छ।

सीसीएमसीसीले माघ मसान्तसम्म विद्यालयमा भौतिक रुपमा हुने पठनपाठनमा लगाइएको रोक कायमै राख्न सिफारिससमेत गरेको छ। बैठकले माघ मसान्तसम्म वैकल्पिक शिक्षण सिकाइका शैलीबाट पठनपाठन जारी राख्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको हो।

कोरोना संक्रमण तीव्र फैलिरहेकाले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न नदिने सिफारिस भएको प्रवक्ता नेपालले जानकारी दिए । खोप लगाउने अवस्थामा मात्र विद्यालय खोल्न पाउने तर पठनपाठन गर्ने गरी विद्यालय सञ्चालनमा लागाइएको रोक कायम राख्न सिफारिस गरिएको उनको भनाइ छ।

बैठकले विश्वविद्यालयका परीक्षालाई चाहिँ स्वास्थ्य मापदण्ड पालना गर्दै संचालन गर्न अनुमति दिन सिफारिस गरेको छ।

 

प्रकाशित: १४ माघ २०७८, शुक्रबार १३:३८

Leave a Reply