No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

१९४ जनामा कोरोना संक्रमण, ३४८ जना संक्रमणमुक्त

0

काठमाडौं । नेपालमा थप १९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १९४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९७७६४१ पुगेको छ । त्यस्तै ३४८ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९५९८१७ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११९४९ पुगेको छ । क्वारेन्टाइनमा ११० जना छन् भने आइसोलेसनमा ५,८७५ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

प्रकाशित: २४ फाल्गुन २०७८, मंगलवार ११:२४

Leave a Reply