No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

इच्छाविपरीत जन्मदिनको पार्टी दिने कम्पनीलाई ४ लाख ५० लाख डलर जरिवाना

0

बीबीसी । अमेरिकामा आफू कार्यरत कम्पनीले आफ्नो इच्छाविपरीत जन्मदिनको पार्टी आयोजना गरिदिएको भन्दै मुद्दा हाल्ने एक व्यक्तिलाई ४ लाख ५० हजार डलर तिर्न कम्पनीलाई आदेश दिइएको छ ।

कन्टकीका ती व्यक्तिले जन्मदिन मनाउन आयोजना गरिने कार्यक्रमले आफूलाई उद्विग्न बनाउने र तनाव बढाउने भन्दै अरू कर्मचारीको जन्मदिनमा जस्तो आफ्नोमा उत्सव नमनाउन आग्रह गरेको दाबी गरेका छन् । सन् २०१९ मा ग्र्याभिटी डाइअग्नोस्टिक्समा आयोजना गरिएको पार्टीपछि आफूलाई पटकपटक अत्याहट भएको दाबी केभिन बर्लिङले गरेका छन् ।

बर्लिङले मुद्दामा अपाङ्गताका कारण आफूलाई भेदभाव गरिएको आरोप लगाएका थिए । तर रोजगारदाता कम्पनीले आफूले त्यस्तो कुनै अपराध नगरेको बताएको थियो ।

कन्टकीको केन्टन काउन्टीमा हालिएको मुद्दामा बर्लिङले आफ्ना प्रबन्धकलाई जन्मोत्सव मनाउने समारोहले आफूलाई अत्याहट हुने तथा बाल्यकालको नमिठो सम्झना आउने भएकाले त्यसो नगरिदिन अनुरोध गरेको दाबी गरेका थिए । तर उक्त कम्पनीले अगस्ट २०१९ मा बिना जानकारी उनको जन्मदिनको पार्टी आयोजना गरिदियो।

तत्कालै उक्त कार्यक्रमबाट बाहिर निस्किएर उनले आफ्नो गाडीमा दिउँसोको खाजा खाए । त्यसको भोलिपल्ट एउटा बैठकमा उनको आलोचना गरिएको तथा आफ्ना “सहकर्मीको खुसी”प्रति बेवास्ता गरेको तथा “सानी केटीजस्तो” भएको आरोप लगाइएको मुद्दामा उल्लेख छ ।

त्यसको केही दिनपछि कोभिड–१९ परीक्षण गर्ने ग्र्याभिटी डाइअग्नोस्टिक्सले उनलाई कार्यस्थलको सुरक्षाको कारण देखाउँदै जागिरबाट हटायो । मुद्दामा उनले कम्पनीले आफूलाई अपाङ्गताका कारण भेदभाव गरेको र अनुरोध मानियोस् भन्दा अन्यायपरक रूपमा कारबाही गरेको दाबी गरेका थिए ।

यो वर्ष मार्चको अन्त्यतिर दुई दिनको सुनुवाइपछि जुरीले उनलाई ४ लाख ५० हजार डलर तिर्न कम्पनीलाई आदेश दिएको छ । त्यसमध्ये १ लाख ५० हजार डलर तलबबापत र बाँकी ३ लाख डलर भावनात्वक पीडाका लागि भएको जनाइएको छ ।

प्रकाशित: ७ बैशाख २०७९, बुधबार ०२:४७

Leave a Reply