No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पाकिस्तानमा आगलागीमा परी ९ बालबालिकाको मृत्यु, २० घाइते

0

पाकिस्तानको डाडु जिल्लामा भएको आगलागीमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ । मोहम्मद डार्यानी चान्डीओ गाउँमा भएको आगलागीमा परी अरु २० जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।

आगलागीबाट ५० घरमा क्षति भएको छ । घाइते भएकाहरुलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ । ती मध्ये केहीको अवस्था गम्भीर रहेको चिकित्सकहरुले जनाएका छन् ।

घरको भान्साबाट हुरिका कारण फैलिएको आगोले गाउँ नै डढाएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । मृत्यु भएका सबै बालबालिका रहेका छन् । स्थानीय समयानुसार मङ्गलबार राती ९ बजे आगलागी सुरु भएको थियो ।

प्रकाशित: ७ बैशाख २०७९, बुधबार १४:२६

Leave a Reply