No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

रानीले सार्वजनिक गरिन् ‘मेरी आमा’, गौरी र गीताले साटे खुशी

0

काठमाडौं । आफ्नी आमाको अनुहारमा खुशी ल्याउन सके छोरा वा छोरीको जीवन नै सार्थक हुन्छ भनिन्छ । अझै, पनि छोराको आशमा बस्ने हाम्रो समाजमा छोरीले पनि बाबु आमाको सेवा गर्न सक्छन् भन्ने सोच कम नै छ । तर, गायिका रानी शाक्यले सार्वजनिक गरेको नयाँ गीत ‘मेरी आमा’मा भने एक छोरीले आफ्नी आमामाथि देखाएको ममतालाई प्रस्तुत गरिएको छ ।

सन्तोष आलेको शब्द तथा संगीत रहेको यो गीतको भिडियोलाई देव धिमालले निर्देशन गरेका हुन् । भिडियोमा कलाकार गौरी मल्ल र मोडल गीता ढुंगानाको सशक्त अभिनय हेर्न सकिन्छ । साथमा, विजयराज भुर्तेल र निरिस्का स्थापितलाई पनि भिडियोमा देख्न सकिन्छ । विजयराजको सम्पादन रहेको भिडियोमा बिरामी आमालाई छोरी र ज्वाइँले गरेको माया र मातातीर्थको सेलिव्रेशनलाई प्रस्तुत गरिएको छ ।

प्रकाशित: १२ बैशाख २०७९, सोमबार ०२:२८

Leave a Reply