No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा भक्तपुरबाट मतदान

0

भक्तपुर । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भक्तपुरको मध्यपुरथिमि–१ लोकन्थलीस्थित उपस्वास्थ्यचौकी मतदानस्थलबाट मतदान गरेका छन् । उनले बिहान ७ बजे उक्त मतदानस्थलको ख केन्द्रमा मतदान गरेका हुन् ।

सो अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पाँच वर्षपछि आफ्नो ठाउँको प्रतिनिधि चयन गर्न पाउँदा गर्व लागेको बताए । उनले आम मतदातालाई उत्साहपूर्वक मतदानमा भाग लिन आह्वान गरे । मतदान गर्नुअघि उनले मतदानस्थलको अवलोकन गरेका थिए

प्रकाशित: ३० बैशाख २०७९, शुक्रबार ०२:३९

Leave a Reply